logo

निषेधाज्ञाबीच भदौमा ४७ अर्ब राजस्व संकलन 

    1818   पटक पढिएको


४ असोज/अर्थ र व्यापार– निषेधाज्ञाकाबीच आन्तरिक राजस्व विभागले भदौमा ४७ अर्ब राजस्व संकलन गर्न सफल भएको छ । 

कोरोना संक्रमण बढेपछि भदौमा ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाईएको थियो । निषेधाज्ञाका बिच पनि राजश्व संकलन सन्तोषजनक देखिएको छ । 

अघिल्लो महिना साउनको तुलनामा भदौमा राजश्व संकलनमा करिब ९ अर्बले गिरावट आएको हो । साउनमा लकडाउन खुकुलो बनाउँदा ५६ अर्ब राजस्व संकलन भएको थियो । 

अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द रहेको अबस्थामा औद्योगिक उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आएको थियो ।

आन्तरिक राजस्व विभागले भदौमा मूल्य अभिवृद्धि कर (भ्याट) बाट ८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । भदौमा विभागले ६ अर्बको लक्ष्य राखेकोमा २ अर्ब ४१ करोड बढी राजश्व संकलन गर्न सफल भएको हो । 
कोरोना महामारी कारण आन्तरिक उत्पादनको खपत बढ्दै जानु र नाकाबाट चोरी निकासी भई अवैध रूपमा भित्रिने मोबाइल, खाद्यान्न लगायतका वस्तुको आयात रोकिँदा भ्याटमा सकारात्मक प्रभाव परेको हो । 

यसैगरी भदौंमा निषेधाज्ञाका कारण मदिरा र सूर्तीजन्य वस्तुको बिक्रीमा गिरावट आउँदा अन्तःशुल्क असुली प्रभावित भएको छ । ७ अर्ब अन्तःशुल्क संकलनको लक्ष्य राखेकोमा विभागले करिब ५ अर्ब मात्रै अन्तःशुल्क संकलन गरेको छ । 

यस्तै भदौमा विभागले ६ अर्ब आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ५ अर्ब मात्रै आयकर संकलन गरेको छ ।
सरकारले भदौमा सबैखाले राजश्वबाट १ खर्ब २४ अर्ब राजस्व संकलन गरेको छ । राजस्व संकलन गर्ने अर्को निकाय भन्सार विभागले २४ अर्ब राजस्व संकलन गरेको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।