logo

चुच्चेपाटी र मैतीदेवी आयल स्टोर्समा नक्कली शिल रहेको पुष्टी भएपछि पम्प शिलबन्दी

    1510   पटक पढिएको

८माघ /अर्थ र व्यापार - सक्कली शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्सका संचालकलाई कारवाहीका लागि आपूर्तिमन्त्री मातृका यादबले चासो देखाएका छन् । मन्त्री यादबले सोमबार गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम र केन्द्रीय अनुसन्धान ब्यूरोसँग छलफल गरेका हुन् । मन्त्री यादबले पेट्रोलियम पदार्थमा भइरहेको ठगी रोक्न सबै संयन्त्र परिचालन गर्न निर्देशन समेत दिए । स्रोतका अनुसार पम्प संचालकलाई पक्राउ गर्ने बारेमा समेत छलफल भएको थियो ।

गुणस्तर तथा नापतौल विभागले केही दिन अघि यी दुई पम्पमा गरेको अनुगमनमा यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो । यो दुबै पम्पका संचालक चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन् ।  विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको आधारमा विभागले शिलबन्दी लगाएको हो । पम्प संचालक अहिले सम्पर्कमा छैनन् ।

सरिया नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष हुन । एशोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो । पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

विभागले पहिलो पटक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको हो । विभागले प्रयोगशालामा नक्कली शिल रहेको पुष्टी भएपछि पम्प शिलबन्दी गरेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।