logo

प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने हिमालय एअरलाइन्सको घोषणा

    1580   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार – आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि हिमालय एअरलाइन्सले  प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ । हिमालय एअरलाइन्सले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो । यो निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ ।

प्रयास नेपालले अहिले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रदर्शनलाई हिमालय एअरलायन्सका उप महाप्रन्बन्धक सुन चेङ्ग, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलगायतले स्वागत गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्वमार्फत हिमालय एअरलाइन्सले नयाँ पिँढीको उज्ज्वल भविष्यका निम्ति निरन्तर रुपमा राम्रा र प्रभावकारी योगदानहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । प्रत्येक वर्ष आफ्नो सहयोगको प्रतिबद्धतालाई अझ मजबूत बनाउँदै आएको हिमालय एअरलाइन्सको प्रयास नेपाललाई यो तेस्रो वर्षको सहयोग हो ।

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलापमार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोचसहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो । प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, बेवारिस छाडिएका तथा शारीरिक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।