logo

टानको सचिवमा प्रदिप पण्डितले उम्मेद्वारी दिने, टानलाई गौरवशाली संस्थाको रुपमा अगाडी बढाउन प्रतिवद्ध

    6290   पटक पढिएको

७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले सचिव पदमा उम्मेद्वारी दिने भएका छन । पण्डित गत एघार वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन ।

“अग्रज पर्यटन व्यवसायीहरुको सल्लाह र युवा पर्यटन व्यवसायी साथीहरुले पनि टानमा जान दिनुभएको सल्लाहलाई ध्यानमा राखेर सचिव पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ तर साथीहरुको सल्लाहमा म भन्दा योग्य व्यक्ति आउनुभएको खण्डमा अन्य पदमा गएर पनि टानलाई गतिशिल,गौरवशाली, प्रभावकारी र काम गर्न सक्ने नेतृत्व वनाउन मेरो सहयोग रहन्छ”–सचिवका आकांक्षी पण्डितले भने । “कसले के पद पाउने भन्ने ठूलो विषय होइन, त्यो पदमा रहेर के काम गरियो र गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो,त्यसैले आँफुले पाएको जिम्मेवारीमा रहेर टान र टान नेतृत्वलाई सफल पार्न यथासम्भव प्रयास गर्नेछु”–पण्डितले भने ।

टान पर्यटन क्षेत्रकै सवैभन्दा महत्वपूर्ण संस्था भएपनि विगतका केहि वर्षयता टानप्रति सदस्य व्यवसायीहरुको भरोसा घट्दै गएको पण्डितको धारणा छ । व्यवसायीहरुको समस्या समाधान तथा पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानले अझ सशक्त भुमिका खेल्नु आवश्यक छ,त्यसका लागी आँफुले सक्दो प्रयास गर्ने उनले वताए ।

“सरकार,पर्यटन मन्त्रालय र नेपाल पर्यटन वोर्डसंगको समन्वयमा गर्नुपर्ने कामहरुलाई प्रभावकारी वनाउन,टान सचिवालयलाई अझ व्यवस्थित र प्रभावकारी वनाउन र सदस्यहरुको हित र क्षमता विकासमा अझ धेरै कामहरु गर्नु आवश्यक छ,त्यसका लागी यथासम्भव प्रयास गर्नेछु”–पण्डितले भने । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।