logo

भूगर्भ विभागसँग छलफलपछि पेट्रोलियम अन्वेषणको जिम्मा पाएका चिनियाँ टोलीले ड्रिलिङ लगायत काम सुरु गर्ने

    1299   पटक पढिएको

८ असार / अर्थ र व्यापार - पेट्रोलियम अन्वेषणको जिम्मा पाएको चाइना जिओलजिकल सर्भेको टोली शनिबार नेपाल आएको छ । टोलीले सोमबार खानी तथा भूगर्भ विभागसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यो टोलीले अन्वेषण सम्बन्धी कुन स्थानमा ड्रिलिङ गर्ने लगायत काम सुरु गर्नेछ ।
भारतीय नाकाबन्दीका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम अन्वेषणको जिम्मा चीनलाई दिएका थिए । दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ४ किलोमिटर ड्रिल गर्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ड्रिल कुन स्थानमा गर्ने भन्ने विषय तय भएको छैन ।

चिनियाँ कम्पनीले सुर्खेत(दैलेख, बुटवल(पाल्पा र चतारा(बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्नेछ । नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम सुरु गरेका थिए । सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बीबीबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।