logo

घर तथा कार्यालयमै बसेर ट्याक्सी बोलाउन ‘यात्रु’ मोबाइल एप

    1208   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार - अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गरेको छ । मोबाइल एपको माध्यमबाट ट्याक्सी आफ्नो घर तथा कार्यालयमै बोलाउन मिल्नेगरी अब यात्रुले सेवा औपचारिक रुपमा सेवा सुरु गरेको हो । कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । एपसँगै  फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवसस्था मिलाइएको कम्पनीले जनाएको छ ।

ग्राहकले फोन मार्फत ट्याक्सी अर्डर गर्दा १६६००१७००७० डायल गर्नुपर्छ भने  र एसएमएस गर्दा ३७००१ मा पठाएर ट्याक्सी अर्डर गर्न सक्नेछन् । ग्राहकले मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन् । अर्डर गरेपछि कम्पनीले सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ । यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्य सम्बन्धी जानकारी लिन्छ । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ ।

ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर यात्रुको ट्याक्सीले अर्डर स्वीकृत गर्छ । ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ ।

‘अर्डरपछि ट्याक्सी जाममा परे ग्राहकले केहि समय पर्खनुर्पर्छ र ट्याक्सी ग्राहकले भनेको स्थानमा आइपुग्छ । यसरी ग्राहकले यात्रु एपमार्फत अनलाइन ट्याक्सी सेवा लिन सक्छन् । यात्रुमा आबद्ध हुनुअगावै कम्पनीले ट्याक्सी चालकलाई प्राविधिक लगायत विषयमा तालिम दिनेछ । उक्त तालीममा उनीहरूलाई ग्राहकसँग गर्ने व्यवहार र पिकअप तथा ड्रप गर्ने तरीका सिकाइनेछ ।

यात्रुका संस्थापक अनिल चौधरीले यात्रु अनलाइन ट्याक्सी सेवाले उपत्यकामा भएको ट्याक्सीको बेथितिलाई अन्त्य गर्ने बताउँछन् । ट्याक्सी सेवा चुस्त बनाउँदै यात्रुलाई सहज सुविधा दिन कम्पनी प्रतिवद्ध रहेको उनको भनाइ छ । पछिल्लो समय विश्वमा अनलाइनको माध्यमबाट व्यवस्थित ट्याक्सी सेवा सञ्चालन भइरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

नेपालमा ‘यात्रु’सँगै अन्य कम्पनीले पनि अनलाइनमार्फत ट्याक्सी सेवा दिँदै आएका छन् । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् । यात्रु जस्तौ सारथी, पठाओ लागएतले पनि काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी सेवा दिइरहेका छन् ।

मिटरमा हिँड्न नमान्ने तथा बढी भाडा तिर्नुपर्ने समस्यालाई निरुत्साहित गर्नु नै यात्रुको मुख्य अभियान भएको बताउँछन् अनिल चौधरी । कम्पनीले सरकारले निर्धारण गरेको मिटर शुल्क लिने र ट्याक्सी चढेका ग्राहकलाई बिल अनिवार्य दिने छ ।

उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले चालु बर्षदेखि  नेपालमा एप्लिकेशनरइन्टरनेटमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने गरी यात्रु ट्याक्सी क्याब स्थापना भएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।