logo

संस्थानहरु बाढीपीडितलाई खाद्य वस्तुमा राहत दिन जुटे 

    1794   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – भारी वर्षाका कारण तराइ क्षेत्रमा आएको बाढीका कारण पीडित जनतालाई अत्यावश्यक वस्तुमा राहत प्रदान गर्न आपूर्ति मन्त्रालयले मातहतका सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ । बाढीपीडितलाई अत्यावश्यक खाद्य वस्तुको राहतका लागि मन्त्रालयले आफू मातहतका संस्थान खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ कर्पोरेसन र आयल निगमलाई निर्देशन दिएको हो ।

बाढीपीडितलाई राहत उपलब्ध गराउन खाद्य संस्थानलाई ३० किलो तौलको ५० हजार बोरा चामल (क्षेत्रीय स्तरमा) तयार गरी वितरण व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै, कर्णालीबाट खरिद गरी हाल मौज्दात रहेको सिमि (दाल) २–२ किलोको ५० हजार प्याकेट (केन्द्रीय स्तरमा) तयार गरी वितरण गर्न पनि मन्त्रालयले उक्त संस्थानलाई निर्देशन दिएको छ ।

खाद्य संस्थानसँग हाल झण्डै १ हजार ७ सय क्विन्टल गेडागुडी मौज्दात छ । १ लाख ७७ हजार क्विन्टिल चामल पनि संस्थानका विभिन्न क्षेत्रीय डिपोहरूमा मौज्दात छन् । मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १ किलो नून र १ लिटर खाने तेलका ५०–५० हजार प्याकेट तयार गरी वितरण गर्न निर्देशन दिएको छ । अत्यावश्यक खाद्य वस्तुको अधिकतम मौज्दात विस्तार गरी सेवा प्रवाह गर्न पनि मन्त्रालयले मातहत संस्थानलाई निर्देशन दिएको छ ।

केन्द्रीय दैवीप्रकोप उद्दार समितिको गत शनिवार बसेको बैठकले बाढीपीडितलाई अत्यावश्यक दाल, चामल, तेल र नूनमा वितरण व्यवस्था मिलाउन निर्देशन दिएपछि आपूर्ति मन्त्रालयले आफूमातहतका संस्थानलाई राहत कार्यमा जुट्न निर्देशन दिएको हो । बाढीपीडितलाई राहतस्वरुप उपलब्ध गराउने अत्यावश्यक खाद्य वस्तुका लागि आवश्यक बजेटको सोधभर्नाका लागि मन्त्रिपरिषदमा माग गर्ने निर्णय उक्त समितिले गरेका थियो ।

त्यस्तै, आपूर्ति मन्त्रालयले पेट्रोलियम तथा खाना पकाउने एलपी ग्याँसको सहज व्यवस्थाका लागि नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मातहतका सबै सार्वजनिक संस्थानका पदाधिकारीसहित आइतबज्ञार आपूर्ति मन्त्रालयमा बसेको बैठकले विपत व्यवस्थापनसँग सम्बन्धित आपतकालीन कार्य गर्न केन्द्रीय स्तरमा कम्तीमा तीन सदस्यीय विपद व्यवस्थापन उप (समिति गठन गर्ने निर्णय गरेको छ ।

सबै निकायले मातहतका क्षेत्रीय र स्थानीय स्तरमा समेत विपत व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । केन्द्रीय स्तरमा गठन भएका उप (समितिले मन्त्रालय स्तरीय दैवी प्रकोप उद्दार समितिको समन्वयमा र क्षेत्रीय तथा स्थानीय स्तरमा गठन भएका उप (समितिले जिल्ला दैवीप्रकोप उद्दार समितिको समन्वयमा रहेर कार्य गर्ने निर्णय भएको छ । विपत व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाउन फोकल व्यक्ति तोकि २४ सै घण्टा सम्पर्कमा रही पीडितलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।