logo

ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत फेरि पक्राउ

    1919   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बस्नेतलाई प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको भीमसेनगोलाबाट बुधबार साँझ मिटिङ गरिरहेको अवस्थामा फेरि पक्राउ गरेको हो । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा १४ करोड हिनामिना आरोपमा ओरियन्टलका सहकारीका अध्यक्ष बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सहकारी ऐन २०७४ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

बस्नेत यसअघि पनि ओरेन्टल सहकारीको बचत हिनाहिना र ठगी प्रकरणमा २०७३ पुसमा धापासीबाट जेल परेर छुटेका थिए । बस्नेतमाथि संगठित अपराध र ठगी मुद्धा चलाइने तयारी छ । सर्वसाधारणबाट करोडौं रकम उठाएर ऋणको सावां ब्याज नतिरी फरार रहेका उनले तिर्नुपर्ने रकम १६ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । उनी तत्कालिन ग्राण्ड बैंकलाई घाटामा जान बाध्य बनाउने मध्येका एक ब्यवसायी समेत हुन् । 

उता समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतको सम्पूर्ण सम्पति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गरि पीडितको पैसा फिर्ता गर्ने तयारी गरेको छ । ओरेन्टल सहकारीमा १४ करोड हिनामिना र कोहिनुर हिल हाउजिङ्ग तथा आयुसा हाउजिङ्ग, कोहिनुर हिल्स, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्स लगायत विभिन्न अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधारणसँग अर्बौं रकम उठाएका उनीमाथि ठगी अभियोगमा धेरै उजुरी प्रहरीमा परेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।