logo

गोरखकाली रबर उद्योगलाई डेढ अर्बको ऋण

    1510   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – दुई वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योगमा अहिले पनि २ सय ४७ कर्मचारी छन् । तर, उद्योगमा कुनै काम नभएकाले उनीहरु हाजिर लगाउँछन् र घर फर्किन्छन् । राज्यले यी कर्मचारीहरुलाई न अवकाश दिन सकेको छ न समयमा तलब नै खुवाउन सकेको छ । कर्मचारीहरुको तलबमा मासिक १ करोड रुपैयाँ लाग्ने छ । १७ महिनादेखिको तलब बक्यौता रहेको छ ।

अहिले कर्मचारीलाई मात्रै दिनुपर्ने तलब २८ करोड पुगिसकेको छ । ५५ वर्षको उमेरमा अवकाश प्राप्त हुने यो उद्योगमा ५० जनाले अवकाश भएर पनि तलब पाएका छैनन् । सबै कर्मचारीहरु अहिले अवकाश हुन राजी छन् । तर आफ्नो बाँकी तलब र गोल्डेन ह्यान्डसेकको रकम पाउनुपर्ने उनीहरुको माग छ ।

उद्योगमा अहिले ८५ करोड रुपैयाँ ऋण छ भने बैंकको ब्याज ५० करोडभन्दा बढि तिर्न बाँकी छ । उद्योगको १ अर्ब ३५ करोडभन्दा बढि ऋण दायित्व छ । उद्योगलाई पुन सञ्चालन गर्ने हो भने तीन अर्ब रुपैयाँ चाहिने सरकारी अनुमान छ । २०४१ सालमा दर्ता भएको यो उद्योगले २०४९ सालदेखि उत्पादन थालेको हो । यसमा नेपाल सरकारको ३८ प्रतिशत सेयर छ भने साल्ट ट्रेडिङको २३ प्रतिशत सेयर छ । यसमा सर्वसाधारणको पनि लगानी छ ।

सञ्चालनको सुरुवाती दिनदेखि नै उद्योगको अवस्था राम्रो थिएन । सुरुदेखि बन्द हुँदासम्म कुल क्षमताको ४० प्रतिशत भन्दा बढि उत्पादन गर्न नसकेको हो । अधिकांश सामान विदेशबाटै आयात गरी नेपालमा उत्पादन हुने यो टायरको पछिल्लो समय लागत बढ्दै गएको थियो । लागत कम गर्नका लागि पूर्वी तराईमा रबर खेती गरिए पनि ठूलो मात्रामा लगानी गर्न नसक्दा त्यो फलदायी भएन । जसका कारण यो उद्योगले उत्पादनको लागि आवश्यक पर्ने अधिकांश सामान आयातमै निर्भर हुनुपरेको थियो ।

टायर उत्पादनका लागि झण्डै ७० वटा कच्चा पदार्थको आवश्यकता पर्दछ । एउटा टायर सामान्यत ६२ केजीको हुन्छ । जसका लागि आवश्यक पर्ने ४ केजी रोजीन मात्रै नेपालमा उत्पादन हुने गर्दछ । यो उद्योगले ‘म्यानुअल बेस’मा उत्पादन गर्ने गर्दछ । अर्थात् यसमा मेसीन सँगै मानिसको पनि ठुलो संख्यामा प्रयोग हुन्छ । अन्य मुलुकहरुमा भने अहिले रेडियो टेक्नोलोजीबाट टायर उत्पादन हुन्छन् ।

विदेशी मुद्रा सटही दरमा भएको परिवर्तनका कारण यो उद्योग स्थापना क्रममा नै ४० करोड रुपैयाँ घाटामा गएको थियो । चालु पुँजी नै अभाव भएका कारण यो उद्योगले सुरुदेखि नै राम्रो उत्पादन गर्न सकेन । भारतबाट अहिले ठुलो मात्रामा ठुलो खालका गाडीका टायरहरु अवैध रुपमा आउने गर्दछन् । भारतबाट साना टायर भनेर ढाँटेर अहिले पनि ठुला टायरहरुको आयात हुने गर्दछ । यसो गर्दा ठुलो मात्रामा कर छली हुन्छ र भारतबाट आयात भएका टायर नेपालमा हामीले उत्पादन गरेका टायर भन्दा सस्तो पर्दछन् ।

उद्योग सञ्चालनमा रहँदा पनि भारतबाट आयातित टायरको मूल्य ३२ हजार रुपैयाँ पर्दथ्यो । तर यसले उत्पादन गरेको टायर भने बजारमा ३६ हजार रुपैयाँ पर्दथ्यो । विदेशबाट आयात हुने कच्चा पदार्थमा लाग्ने करका कारण यसको मूल्य भारतबाट ज्ञअवैध रुपमा आयात हुने टायरको भन्दा बढि मूल्य पथ्र्याे । जसका कारण नै यो उद्योग टाट पल्टन पुग्यो । यो उद्योगलाई सरकारले निजीकरण गर्न खोजेको छ । तर कैयन कम्पनीहरु बुझ्ने र फर्किने गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।