logo

निर्वाचन आयोगको कदम गलत भएको भन्दै ऋषि कट्टेलद्वारा मुद्दा दायर

    1440   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार -  ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायर गर्न बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।

‘नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको हो’ उनले भने । नाम हडपिएको भन्दै यसअघि निर्वाचन आयोग गएका कट्टेल कानुनी उपचारका लागि सर्वोच्च जान लागेका हुन् । केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ ‘ने क पा’लाई निर्वाचन आयोगले मान्यता दिएको छ । जबकी त्यसअघि नै कट्टेल नेतृत्वको ‘नेकपा’ आयोगमा दर्ता थियो ।

निर्वाचन आयोगले सत्तारुढ दललाई ‘ने क पा’को रुपमा मान्यता दिए पनि चलनचल्तीमा लेख्दा ‘नेकपा’ लेखिने र बोल्दा दुवै उस्तै उच्चारण हुने भएकाले कट्टेल समूह विरोधमा छ । असन्तुष्ट ऋषि कट्टेलले सत्ता र ठूलो दलको दम्भमा बलमिच्याइँ गरिएको आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।