logo

नेशनल ट्रेडिङको ५० रोपनी जग्गा आयल निगमले ३ अर्बमा किन्ने

    1677   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-टेकु स्थित नेशनल ट्रेडिङ लिमिटेडको ५० रोपनी ५ आना जग्गा नेपाल आयाल निगमले खरिद गर्ने भएको छ । निगमले सबै भौतिक संरचना सहित ३ अर्ब ३० करोड रुपैयाँमा जग्गा खरिद गर्न लागेको हो । निगम सञ्चालक समितिले यो निर्णय पारित गरेर उक्त जग्गाको कर तिर्नको लागि २५ करोड रपैयाँ समेत दिई सकेको छ ।

टेकुमा रहेको लिमिटेडको मुख्य कार्यालय, २५ हजार मेट्रिकटन क्षमताका ५ वटा गोदाम र पेट्रोलपम्म निगमले खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । भौतिक संरचनाको लागत कति पर्ने भनेर मूल्यांकन समितिले निर्धारण गर्नेछ । भौतिक संरचनाको लागत १५ करोड लाग्ने अनुगमाने गरिएको छ । नेशनल ट्रेडिङले मालमोत कार्याकालयको कागजी प्रक्रिया सक्ने वित्तिकै जग्गा पास गर्ने छ ।

५४ वर्षको इतिहास बोकेको नेशनल टे«डिङ टाट पल्नि लागेपछि कर्मचारीलाई अवकास दिन सो जग्गा विक्री गर्न लागेको हो । व्यापार गर्ने उद्देश्यसहति स्थापना भएको लिमिटेडले कमजोर व्यवस्थापनका कारण सरकारको बोझ बन्दै आएको छ । सरकारी संस्थान भएपनि निजी व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा लिमिटेड आर्थिक संकटको चरम अभावमा डुवेर बन्द हुने अव नेशनल ट्रेडिङका पुगेको हो । 

देशका १२ स्थानमा कम्पनीको स्वामित्वमा जग्गा तथा भवनहरू रहेका छन् उक्त जग्गा र भवनको करिब २५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरिएकोे छ । काठमाडौंको ट्राफिक कार्यालयसँगै जोडिएको सिंहदरबार पश्चिम गेट अगाडिको २६ रोपनी जग्गा कम्पनीकै स्वामित्वमा छ ।

लिमिटेडमा कार्यरत २ सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकास दिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । उक्त कर्मचारी अवकास दिन एक अर्ब ६६ रुपैयाँ लाग्नेछ । अवकासमा जाने कर्मचारीले प्रतिव्यक्ति १५ देखि ७० लाख रुपैयाँसम्म पाउने नेशनल ट्रेडिङको हिसाव छ । निगमले जग्गाको रकम उपलव्ध गराएपछि असार महिनाभित्र कर्मचारीलाई अवकास दिएर बिदाइ गर्न लागिएको हो ।

कर्मचारीलाई अवकास दिएर लिमिटेडलाई पुन संरचना गर्न लागिएको छ । कर्मचारीको अवकासपछि कम्पनीलाई पुनसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गरिने छ । नेशनल ट्रेडिङले जग्गा बेचेर आफ्नो एक अर्ब ३८ करोड र सरकारको एक अर्ब रुपैयाँ ऋण पनि चुक्ता गर्नेछ । त्यस्तै माच्छापुच्छे र हिमालय बैंकको झण्डै ८ करोड रुपैयाँ पनि कम्पनीले तिर्न बाँकी छ । अन्य विभिन्न संस्था, ब्यक्ति तथा र्फमहरू ३० करोड रुपैयाँ पनि जग्गा बचेर तिर्न लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।