logo

आयल निगमले कर्मचारीलाई छुट्यायो ११ करोड बोनस, कर्मचारीको पैसा तीन अर्ब थुप्रियो, बाँड्न नपाउने!

    1532   पटक पढिएको

१० पुष  / अर्थ र व्यापार - आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनश दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

सरकारी स्वामित्वको यो संस्थानका कर्मचारीले मुनाफाको एक प्रतिशत बोनश बाँड्न पाउँछन्। निगम स्रोतका अनुसार तल्लो तहका कर्मचारीले तीन महिना तलब बराबर ९० हजार बोनश पाउने छन्। माथिल्लो तहका कर्मचारीले डेढ महिना तलब बराबर बोनश पाउनेछन्। निगमले तत्कालै भने बोनस बाँड्ने छैन। ’बोनसकै कारण निगमका उच्च तहका कर्मचारी जेलमा परेका छन्। बोनस रकम छुट्टिएको छ। तर तत्कालै भने बाँडिदैन्’ निगमका एक अधिकारीले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ सालमा बोनस बाँड्ने निर्णय तत्काल रोक्न निर्देशन दिएको थियो। तर त्यो निर्देशन अटेर गरेपछि अख्तियारले निगमका कार्यकारी निर्देशक सुरेश अग्रवालसहित उच्च कर्मचारीलाई हिरासतमा लिएको थियो। यो पक्राउपछि निगमले नाफाबाट कर्मचारीका लागि बोनस छुट्याएपनि वितरण भने गर्दैन्।

निगमका अनुसार कर्मचारीका लागि भनेर छुट्याएको बोनस रकम तीन अर्ब हाराहारी पुगेको छ। निगमले आर्थिक वर्ष २०६५र०६६ देखि नाफाबाट बोनस छुट्याउन थालेको हो। त्यो बेलामा निगमको संचित नोक्सानी ३६ अर्ब रुपैयाँ थियो। संचित नोक्सानी हुँदाहुँदै निगमले बोनस बाँड्न लागेको भन्दै अख्तियारले उच्च तहका कर्मचारीलाई पक्राउ गरेको थियो। अख्तियारले पक्राउ गरेपछि सबै कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।