logo

जनकपुर आइपुग्यो एक अर्ब लागतमा किनिएको नेपालको आफ्नै रेल

    1698   पटक पढिएको

 
३ असोज/अर्थ र व्यापार- रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल आइपुगेको छ ।

विभागले भारत सरकारको मातहतमा रहेको कोकन रेलवे कर्पोरेसनसँग भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा २ वटा रेल किनिएको हो । 

नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार विभागले जीटूजी (सरकार टू सरकार) मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो ।  बिहीबार भारतको जयनगर आइपुगेको नेपाली रेल शुक्रबार दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा आईपुगेका हो ।

६ वर्षको प्रतीक्षापछि कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल गुडाउनका लागि खरिद गरेको रृलको एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ । रेलको अगाडि र पछाडि गरी ४ सेट इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।  

दुवै सेट रेल जनकपुरधाम आइसके पनि तत्कालका लागि उद्घाटनको कुनै कार्यक्रम नरहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । मिश्रले रेल सेटको सुरक्षाका लागि फेरि भारतको जयनगर स्टेसन नै फर्काइने बताए ।

विसं. १९९४ सालमा इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि कोइलाबाट चल्ने  रेल्वे लाइनको विस्तार गरेको थियो । २०५१ सालदेखि भारत सरकारको सहयोगमा स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । न्यारोगेज रेललाइनलाई विस्तार गर्नका भन्दै २०६१ साल माघ महिनादेखि उक्त रेल सेवा बन्द गरिएको थियो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्गमा रेल सञ्चालन ल्याउने तयारीमा विभाग रहेपनि पहिलो चरणमा भने ३५ किलोमिटर रेल सेवा मात्रै सञ्चालन ल्याउने योजना विभागको छ । 
परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ भने दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम भइरहेको छ । तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ । 

लामो समयपछि नेपालमा फेरि पनि रेल सञ्चालनमा आउने भएपछि जनकपुरवासीमा खुसियाली छाएको छ । रेलको स्वागत गर्नका लागि जनकपुरधामस्थित प्लेटफर्ममा हजारौँको संख्यामा स्थानीय जम्मा भएका थिए ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।