logo

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन

    1936   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सतीश मोर चयन भएका छन् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ ।  उनी लक्की ग्रुपका अध्यक्ष हुन् । शिवम सिमेन्टका संचालक रहेका मोर विभिन्न दर्जन उद्योग तथा व्यवसायमा आवद्ध छन् ।

उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी,राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन् । उपाध्यक्षमा पूर्व बैंकर अनलराज भट्टराईले समेत आकांक्षा राखेका थिए । तर भट्टराईले अरु कुनै पदमा एडजस्ट गर्ने गरि पाण्डेलाई उपाध्यक्षमा ल्याएको हो । 

यी उपाध्यक्षमध्येबाट वरिष्ठ उपाध्यक्षको चयन एक वर्षभित्र गर्नुपर्छ । कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गरेर गभर्निङ काउन्सिलमा पठाउँछ । गभर्निङ काउन्सिलमा वरिष्ठ उपाध्यक्षमा एकमत नभएमा नेशनल काउन्सिलमा भोटिङका आधारमा चयन हुने प्रावधान छ । परिसंघ स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा अनुज चयन गरिनेछ । यसअघिनै अनुजले आफू भन्दा सिनियर भएकै आधारमा मोरलाई छाडेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।