logo

नेपाल धितोपत्र बोर्डद्वारा गैरकानुनी कारोबार गर्नेलाई छुट्टै पुनरावेदन न्यायाधिकरण गठन गरिने

    1621   पटक पढिएको

२२ असार / अर्थ र व्यापार - पूँजी बजारमा गैरकानुनी कारोबार गर्नेलाई नेपाल धितोपत्र बोर्डले छुट्टै पुनरावेदन न्यायाधिकरण गठन गर्ने भएको छ । धितोपत्र ऐन २०६३ संशोधन गर्दै विद्यमान पुनरावेदन सम्बन्धी व्यवस्थामा नयाँ दफा थप गर्दै पुनरावेदन न्यायाधिकरण गठन गर्ने प्रकृया अघि बढाएको हो । ऐन संशोधनका लागि तयार गरिएको मस्यौंदामा बोर्डलाई ’नेपाल धितोपत्र आयोग’मा परिणत गर्ने प्रस्ताव समेत गरिएको छ । 

मस्यौंदामा सूचीकृत कम्पनीलाई खारेजीमा लैजाने, दण्ड जरिवाना गर्ने र दण्ड जरिवानामा चित्त नबुझाउनेलाई आयोगले छुट्टै पुनरावेदन न्यायाधिकरण गठन गर्न सक्ने व्यवस्था गरेको छ । न्यायाधीकरणको फैसलामा चित्त नबुझे सर्वोच्च अदालत जान सक्नेछन् । यस अघि बोर्डले गरेको सजाय उपर चित्त नबुझे धितोपत्र बजार, धितोपत्र व्यवसायी, सङ्गठित संस्था वा सम्बन्धित व्यक्तिले सजाय पाएको पैँतिस दिनभित्र सम्बन्धित पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था थियो।त्यो फैसला चित्त नबुझे मात्रै सर्वोच्च जान सक्ने व्यवस्था थियो ।  

अर्थ मन्त्रालयले तीन सदस्यीय पुनरावेदन न्याधिकरण गठन गर्न सक्ने व्यवस्था गरिएको छ।सदस्यमा उच्च अदालतको बहालवाला वा पूर्व न्यायाधीश, आयोगबाट सिफारिस भएका तीन जना पूँजी बजार विज्ञ बाट एकजना र महालेखा  नियन्त्रकको कार्यालयबाट सिफारिस गरिएका तीन जना लेखा विज्ञबाट एकजाना सदस्य रहन सक्ने व्यवस्था विधेयकमा छ ।

न्यायाधिकरणमा नियुक्त हुने सदस्यको अवधि पाँच वर्षको हुनेछ। कम्तीमा ३५ वर्ष पूरा भएको वाणिज्य सम्बन्धी कानुन, लेखा,लेखा परीक्षण, व्यवस्थापन वा अर्थशास्त्र बिषयमा स्नाकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० को अनुभव भएका व्यक्ति न्यायाधिकरणकालागि योग्य हुने छन् । पुनरावेदन न्यायाधिकरणको सचिवालय आयोगको कार्यालयमा रहने छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।