logo

नेपाल टेलिभिजनलाई ६ देखि ८ महिनाभित्र सार्वजनिक प्रसारण सेवामा लगेरै छाड्ने सञ्चारमन्त्री बास्कोटाको प्रतिवद्धता

    1190   पटक पढिएको

१७ माघ/ अर्थ र व्यापार  - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजनीतिक कार्यकर्ता बनेर सरकारी सञ्चारमाध्यममा गडबडी गर्नेहरुलाई सरकारले नसहने बताएका छन् । नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव र एचडी प्रविधि आरम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले टेलिभिजनलाई राजनीतिक कार्यकर्ताको आवश्यकता नरहेको बताए । मन्त्री बास्कोटाले आफूले दिएको निर्देशनअनुसार माघ १७ मा नेपाल टेलिभिजन एचडीमा गएको भन्दै अब ६ देखि ८ महिनाभित्र सार्वजनिक प्रसारण सेवामा लगेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । चाहेमा हुने रहेछ भन्ने कुरा टेलिभिजन व्यवस्थापनले देखाएको भन्दै उनले अब पीएसबीमा पनि गएरै छाड्ने बताए ।

मन्त्री बास्कोटाले भने– ‘नेपाल टेलिभिजन धेरै अघि एचडीमा जानुपर्ने थियो, तर जान नदिने तत्व पनि यहीँभित्र छन् । नेपाल टेलिभिजन निजी क्षेत्रसँग प्रतिस्पर्धी होइन, पहिलो हुनैपर्छ । पीएसबीमा गएपछि नेपाल टेलिभिजनलाई जित्ने संस्था कुनै हुने छैनन् ।
टेलिभिजनका पत्रकार र व्यवस्थापकलाई सम्वोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारको सेवा गर्नुपर्दैन । तर, राष्ट्रको र संस्थाको हित हेर्नुस् । व्यक्तिलाई ल्याएर मानमर्दन गर्ने, चोरचार गर्ने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने अखडा नेपाल टेलिभिजन हुन सक्दैन ।’ मन्त्री बास्कोटाले भने– ‘चारतारे र लालतारे बनेर आउनेलाई फरक दृष्टिकोणले हेरिन्छ । नेपाल टेलिभिजनमार्फत देशको सेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ ।’

केही महिनाअघि आफूलाई डेलिगेसशन नै गएर टेलिभिजन कार्यक्रममा ल्याएको र अपमानजनक प्रश्नहरु सोधेर केही क्लिप काटकुट पारेर बाहिर चर्चामा ल्याएको सन्दर्भ मन्त्री बास्कोटाले कोट्याए । तत्कालीन कार्यक्रम प्रस्तोता राजु थापाले क्लिप काटकुट पारेर फेसबुकमार्फत् मन्त्रीविरुद्ध प्रचार गरेको भन्दै टेलिभिजनले उनको कार्यक्रमको करार नवीकरण नगरी विदा गरेको थियो । मन्त्री बास्कोटाले सोही प्रकरणतिर इंगित गरे ।

‘सरकारको आलोचना गर्न छुट छ । तर, समाचार बंग्याउन पाइँदैन । । सरकार त जनताको आँखाको नानी पनि हुन्छ, सबैको आँखाको तारो पनि हुन्छ,’ मन्त्री बास्कोटाले भने, ‘तर टेलिभिजनमा चारतारे र लालतारे बनेर काम गर्न पाइएन भन्दैमा कसैको बद्नाम गर्न पाइँदैन । उनले विज्ञापन दाताहरुलाई पनि ढुक्क भएर नेपाल टेलिभिजनलाई विज्ञापन दिन आग्रहसमेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।