logo

नेपाल टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप योजना सार्वजनिक

    1329   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार  - नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजना अनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि एउटै संस्थामा कार्यरत कम्तिमा पनि १० जना मोवाइल प्रयोगकर्ता हुनुपर्नेछ । कम्पनीका अनुसार तर सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निशुल्क सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो सेवामा आबद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क वापत न्यूनतम प्याकेज रकम हुनुपर्ने कम्पनीले जनाएको छ । प्रिपेड मोवाइलमा मात्र उपलब्ध प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असिमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबिको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ।प्रिपेड वा पोस्टपेड दुवै मोवाइलमा ४ सयको संस्थागत प्याकेज लिंदा डेढसय मिनेट कुराकानी, ३ सय एमबिको इन्टरेनट र ५० वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सातसय रुपैयाँको संस्थागत प्याकेज लिएमा ३ सय मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश, एकहजार रुपैयाँमा ४ सय ५० मिनेट कुराकानी, १५ सय एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन सकिन्छ । १३ सयको संस्थागत प्याकेजमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा १६ सयको संस्थागत प्याकेजमा ७ सय ५० मिनेट कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा पाउने कम्पनीले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।