logo

नेपाल धितोपत्र बोर्डद्वारा दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आयोजना गरिने

    1412   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ । बोर्डले मंगलबार र बुधबार गर्न लागेको सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत लगायतका देश तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका ४० जना प्रतिनिधिसहित १२५ जनाको सहभागीता रहने बोर्डले जनाएको छ ।

उक्त सम्मेलनमा बोर्डले दि अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओसिइडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेशन (आईएनएफई) सँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेको बोर्डले जनाएको छ ।
सम्मेलनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुको पनि उपस्थिती रहने बताइएको छ ।

सम्मेलनमा नेपाल लगायत अन्य बिभिन्न अन्तर्रा्ष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने बताइएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।