logo

नेपाल राष्ट्र बैंक र सार्वजनिक संस्थानद्वारा सरकारलाई १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश 

    1394   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - केही सार्वजनिक संस्थान र नेपाल राष्ट्र बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश दिएका छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ लाभांश सरकारलाई दिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार यो अवधिमा नेपाल टेलिकमले ५ अर्ब ८५ करोड रुपैयाँ लाभांश सरकारलाई दिएको छ । टेलिकममा सरकारको करिब ९५ प्रतिशत शेयर स्वामित्व छ । टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो। त्यसैबाट सरकारलाई नगद लाभांश दिएको हो ।

टेलिकमले सरकारलाई चार किस्तामा लाभांश दिएको थियो । पहिलो किस्ता ३५ करोड, दोस्रो किस्ता १ अर्ब ५० करोड र तेस्रो र चौथो किस्तामा २र२ अर्ब रुपैयाँ लाभांश टेलिकमले दिएको कार्यालयले जनाएको छ ।

राष्ट्र बैंक र टेलिकमबाहेक सरकारले नागरिक लगानी कोष, जनता बैंक र साझा सेवाले पनि थोरै रकम लाभांशका रुपमा सरकारलाई दिएका छन् । सार्वजनिक संस्थानले सरकारलाई उपलब्ध गराउने लाभांश राजस्व खातामा जम्मा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।