logo

नेपालको हुलाकी राजमार्ग प्रगतितर्फ

    4041   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार-हुलाकी राजमार्ग तराई–मधेसको ‘लाइफ लाइन’ मानिएको छ जसको प्रगति पछिल्लो अवधिमा उत्साहजनक देखिएको छ । विगत ७० वर्षदेखि निर्माण हुने प्रक्रियामा थन्किएर बसेको यस आयोजनाले पछिल्लो वर्र्ष्दिनमा गति लिन सुरु गरेको हो ।

 यो अवधिमा पहिलो चरणमा निर्माण हुनुपर्ने ५ सय १८ किलोमिटरमध्ये ४ सय ५८ किलोमिटरको ठेक्का सम्झौता भएको छ । ६० किलोमिटरको वीरगन्ज ठोरी सडकबाहेक सबै सडकको भने ठेक्का लाग्न बाँकी नै छ । यसअघि नै पहिलो चरणमा लम्की टीकापुर खक्रौला र सती भजनी सडक (६७ किलोमिटर) सम्पन्न भइसकेको छ । पहिलो चरणमा सम्पन्न गर्नुपर्ने कुल सडक लम्बाइ ५ सय ८५ किलोमिटर रहेको छ ।

यस्तै, दोस्रो चरणमा निर्माण गर्नुपर्ने सडकको पनि विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ । दोस्रो चरणमा अहिले १ हजार १ सय ५२ किलोमिटर सडक रहेको छ । सबै सडक खण्डहरूको निर्माण पूर्वतयारी करिब सम्पन्न भइसकेको छ । त्यसबाहेक भौतिक उपलब्धिका रूपमा ३० किलोमिटर सडक ‘सब बेस’ गर्ने चरणमा पुगेको छ भने ५ वटा पुल निर्माण सम्पन्न भएका छन् । तिनमा खाडो, माहुली, नहरक्रसिङ, मोर्निया नाला र तेलार पुल रहेका छन् ।

हुलाकी राजमार्गको लम्बाइ पूर्व–पश्चिमतर्फ ९ सय ७५ किलोमिटर रहेको छ भने सहायक राजमार्ग (तराईका जिल्ला सदरमुकामदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने उत्तर–दक्षिण)तर्फ ८ सय १७ किलोमिटर रहेको छ । पहिलो र दोस्रो चरणमा निर्माण हुने हुलाकी राजमार्गका सडकबाहेक करिब ५५ किलोमिटर सडक भने अन्य निकायले पनि निर्माण गरिरहेका छन् । नेपाल र भारत सरकारको अनुदान सहयोगमा निर्माण हुँदै गरेको आयोजना पछिल्लोपटक सन् २०१० देखि निर्माण थालेर २०१५ मा सम्पन्न गर्ने योजना थियो । तर, यो अवधिमा ६७ किलोमिटर मात्र निर्माण भएको थियो ।

६ वटा खण्डमा विभाजन गरेर भारतीय निर्माण व्यवसायीले जिम्मा लिएको भए पनि निर्माण अवधिमा कुनै काम नगरी बसेका थिए । त्यसपछि सन् २०१६ देखि भारतीय कम्पनीसँगको सम्झौता रद्ध गरिएको थियो । अहिले अधिकांश ठेक्का नेपाली निर्माण व्यवसायीले लिएका छन । 

हुलाकी राजमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभाग ओगटेको छ । यो राजमार्ग निम्न जिल्ला भएर जान्छ– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ।

हुलाकी राजमार्ग आयोजनाले अर्थ मन्त्रालयसँग थप ५० करोड रुपैयाँ माग प्रक्रिया थालेको छ । चालू आर्थिक वर्षमा यस आयोजनालाई ४ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट छ । त्यसमध्ये १ अर्ब ७७ करोड ५९ लाख भारत सरकारको अनुदान रकम रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।