logo

विद्युत् प्राधिकरणका कर्मचारी ट्रेड युनियनको बैशाख १९ गते चुनाव हुने

    2071   पटक पढिएको

१८ वैशाख /अर्थ र व्यापार - नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी ट्रेड युनियनहरुको वैशाख १९ मा निर्वाचन हुने भएको छ । कर्मचारीहरु चुनावमा व्यस्त भएपछि एक दिन विद्युत काउन्टर बन्द गरिने भएको छ । निर्वाचनमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र नेपाल विद्युत कर्मचारी संघ गरी ३ वटा संगठन मैदानमा उत्रिएका छन् । कर्मचारी युनियन नेकपानिकट कर्मचारी संगठन हो भने नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्यण परिषद् राप्रपा र नेपाल विद्युत् कर्मचारी संघ कांग्रेसमा आस्था राख्ने कर्मचारीहरुको संगठन हो । तीनवटै संगठनको नेतृत्व क्रमशः रामेश्वर पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन भट्टराईले गरेका छन् ।

कार्यरत कर्मचारीले देशका विभिन्न ८ स्थानबाट मतदान गर्ने व्यवस्था प्राधिकरणले मिलाएको छ । प्राधिकरण आधिकारिक ट्रेड युनियन निर्वाचन अधिकृतको कार्यालयका अनुसार, काठमाडौं, विराटनगर, हेटौंडा, जनकपुर, पोखरा, वुटवल, नेपालगञ्ज र अत्तरियालाई मतदान केन्द्र तोकिएको छ । यिनै मतदान केन्द्रबाट कर्मचारीहरुले मत जायर गर्नेछन् ।

बिजुली अड्डामा कार्यरत देशभरका कर्मचारीलाई निर्वाचन लाग्दा सेवा प्रवाहसमेत प्रभावित बनेको छ । निर्वाचनकै कारण बिहीबार देशभरका काउन्टर बन्द गर्ने निर्णय प्राधिकरणले गरेको छ । यद्यपि, यसबाहेकका अन्य सेवा प्रवाह भने यथावत सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।