logo

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर

    1430   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार  - नेपाल र बंगलादेशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमन्त्रालयमा दोहोरो कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुन्छ । नेपाल बसेर आय आर्जन गर्ने बंगलादेशीले नेपालमा कर तिर्दा हुन्छ भने बंगलदशेमा बसेर आय गर्नेले उतै आय कर तिर्दा हुन्छ ।

एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण तयार हुन्छ । यस्तो सम्झौता नभए आफ्ना देशका नागरिकले विदेश बसेर गरेको आर्जनमा पनि सरकारले आय कर दावी गर्न सक्छ । यसले लगानीकर्तालाई दोहोरो कर तिर्नुपर्ने हुन्छ । यसैकारणबाट लगानीकर्ताहरु लगानी लिएर नआउने सम्भावना बढी हुन्छ । पछिल्लो समयमा बंगलादशेबाट पनि नेपालमा कम्पनीहरु भित्रिन थालेका छन् । लगानी लिएर आउने लगानीकर्ताहरुलाई यस्तो सम्झौताले आत्मबल र प्रेरणा दिने सरकारको अपेक्षा छ । बंगलादेशसँग यस्तो समझौता गर्ने समझदारी २०७१मै भएको थियो । २०५४ सालबाट दोहोरो कर उन्मुत्तिक्त सम्झौता गर्न दुई सरकारबीच कुराकानी सुरु भएको थियो । तर, लामो समयसम्म यसमा सहमति भएको थिएन ।

यो सम्झौतापछि नेपाल आउन चाहाने बंगलादेशी बहुराष्ट्रिय कम्पनीलाई सहज हुनेछ । नेपमालले यसअघि १० देशसँग यस्तो समझौता गरिसकेको छ । बंगलादेश दोहोरो कर उन्मुक्ति सम्झौता भएको ११औं मुलुक हो । नेपालले भारत, चीन,  कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्ट्रिया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ । यसबाहेक अमेरिका, जापान, मलेसिया, सिंगापुर, क्यानडा, ब्राजिल लगायत मुलुकसँग सम्झौतागर्न दुई पक्षीय छलफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।