logo

एनसेलबाट एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस

    1308   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – एनसेलले गत एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस प्रेषित गरेको छ । साउन २४ देखि साउन ३०सम्म बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढी बाढीपहिरोको सम्बन्धी पूर्वसूचना पठाएको हो ।

विगत तीन दिन शनिबार, आइतबार र सोमबारमा मात्र ५० लाख भन्दा बढी त्यस्ता एसएमएस एनसेलले पश्चिम राप्ति, बबई, पुर्व राप्ती नदी रजैया, बागमती (रौतहट र सर्लाही) को तटीय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकहरुलाई पठाएको थियो।

आइतबारकोे दिन मात्र लगातारको अविरल वर्षापछि विभिन्न नदिमा बढेको पानीको बहाबका बारेमा एनसेलले ३५ लाख ७० हजार भन्दा बढी पूर्व सूचनाका एसएमएसहरु बाढीबाट प्रभावित हुने स्थानका ग्राहकहरुलाई पठाएको हो । त्यस्तै एक दिन अघि शनिबारका दिन ७ लाख ३० हजार भन्दा बढी एसएमएसहरु पठाईएका थिए ।

पश्चिम राप्ति नदीको कुसुमको जल सतह खतराको तह भन्दा माथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध, बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब खतरा तह भन्दा निकै माथि पुग्दै गरेकाले सुरक्षित स्थानमा रहन तथा जान अनुरोध र बागमती नदीको तल्लो तटीय क्षेत्र (रौतहट, सर्लाही) मा भारी वर्षा भएकोले नदीको तटीय र डुबान भईरहने क्षेत्रमा रहनेहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध लगायतका एसएमएसहरु शनिबारको दिन पठाईएको थियो ।

नदीमा पानीको जलसहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ ।

पानीको सतह खतराको तहभन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउछँन् । नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएसहरु पठाउने गरिन्छ ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गतवर्ष जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी का लागि एसएमएस प्रदान गर्दै आएको छ ।

समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी,त्राढ कन्काई, कोशी, बागमती, कर्णा ली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएसमार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।