logo

मिडिया काउन्सिल विधेयकप्रति नाफिजको गम्भिर ध्यानाकर्षण

    1377   पटक पढिएको

२९ बैशाख /अर्थ र व्यापार  - मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले विरोध गरेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ(नाफिज)को गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

नाफिजले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई जेल÷नेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत हामीले देखेका छौं ।’

उक्त विज्ञप्तिमा नाफिजले स्वतन्त्र र मर्या्दित प्रेसका पक्षमा रहेको तर तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानुन भने नस्वीकार्ने बताएको छ । मिडिया काउन्सिल सम्बन्धी व्यवस्था गर्न बनेको  बिधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ÷संस्थाहरुले सुरु गरेको आन्दोलन प्रति नाफिज  ऐक्यवद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको  छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।