logo

नाडाको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा दुलाल

    2788   पटक पढिएको

 २९ मंसिर / अर्थ र व्यापार - अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन्। अध्यक्ष तथा १८ जना कार्यसमिति सदस्यहरुसमेत निर्विरोध निर्वा्चित भए।

सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) मनोनयन दर्ताको समय तोकिएको थिअटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन्। अध्यक्ष तथा १८ जना कार्यसमिति सदस्यहरुसमेत निर्विरोध निर्वा्चित भए।यो।

मनोनयन दर्ताका क्रममा सबै सर्वसम्मत भएको नाडाका अध्यक्ष सम्भुप्रसाल दाहालले बताए। ‘नयाँ कार्यसमितिका लागि अध्यक्षसहित सबै सर्वसम्मत भएको छ,’ उनले भने, ‘यद्यपि निर्वाचन प्रक्रियाअनुसार अपराह्न साढे ४ बजेसम्म दाबी बिरोधको समयावधी भने बाँकी नै छ।’ 

निर्विरोध निर्वा्चित हुने कार्यसमिति सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ रहेका छन्। त्यस्तै अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक निर्वा्चित भएका छन्। 

नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध निर्वा्चित भएका छन्। मतदाताको अन्तिम नामावली मंसिर २६ गते प्रकाशित भइसकेको छ। नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरि १९ जनाको कार्यसमिति निर्वाचन हुने व्यवस्था छ। नयाँ कार्यसमितिले ३ जना सदस्य मनोनित गर्ने छ।

नयाँ कार्यसमितिको घोषणा भने पुस ४ गते साधारण सभामार्फत् हुनेछ। पुस ४ गते नाडाको ४३औं साधारण सभा हुँदैछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।