logo

नेपाल वायु सेवा निगमले दुई वर्षमा १० वटा नयाँ जहाज थप्ने

    2166   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले आगामीे दुई वर्ष भित्रमा आठवटा ट्विन अटर र दुईवटा  न्यारोबडी ए ३२०–२०० नयाँ जहाज थप्ने भएको छ ।

खरिदको प्रक्रिया अघि बढाइसकेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । जहाज खरिदका लागि आवश्यक ऋण लिन निगमले संचय कोषसँग अनौपचारिक बैठक गरिसकेको उनले बताए । 

न्यारो बडी जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ लाग्ने उनले बताए । उनका अनुसार न्यू इन्जिन अप्सन (नियो) युक्त जहाजले १५ प्रतिशत इन्धन किफायत हुनेछ ।

निगमले खरिद गर्न लागेको छ वटा साना जहाजको मूल्य भने चार अर्ब रुपैयाँ पर्ने कंसाकारले बताए । रक तर्फ हिस्सा बढाउन ८ वटा नयाँ जहाज किन्न लागिएको हो । आठवटा जहाजमध्ये छ वटा जहाजले विकट क्षेत्रमा उडान भर्नेछ भने दुईवटाले विराटनगर, जनकपुर लगायत ट्रंक रुटमा उडान गर्ने उनले बताए ।

निगमले रुम्झाटार, साँफेबगर, चौरझारी लगायतका क्षेत्रमा उडानको लागि गृहकार्य गरेको उनले बताए । अर्को वर्ष्भित्र दुईवटा न्यारोबडी जहाज ए३२०–२०० थपेर भारत,चीन, म्यानमार, श्रीलंका लगायतका मुलुकमा उडान भर्ने कंसाकारले बताए ।

निगमले डेढवर्ष भित्र इन्टरनेशनल एयर ट्रान्स्पोर्ट एशोसिएसन(आइएटीए)बाट   अन्तर्रा्ष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तरण गर्नका लागि गृहकार्य सुरु गरिसकेको बताएको छ । अन्तर्रा्ष्ट्रिय सेवातर्फ अनलाइन बुकिङको पूर्वाधार तयार गरिसकेको बताउँदै साउनबाट संचालनमा आउने उनले बताए ।अनलाइन टिकट बुकिङका लागि ई(सेवा र आइएमई पेसँग सहकार्य गरेको निगमले जनाएको छ ।

कंसाकारका अनुसार व्यवस्थापन सुधारका लागि निगमले एआरपी (एन्टरप्राइज रिसोर्स प्लानिङ) भित्र्याउन प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ ।

नेपालमा पाइलटको अभावका कारण निगमले विदेशी पाइलट करारमा राख्ने योजना बनाएको उनले बताए । १३ वटा जहाजका लागि एक सय १६ पाइलट आवश्यक रहेकोमा हाल भने ८८ जनामात्र पाइलट कार्यरत रहेको निगमले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।