logo

म्याग्दीमा एक करोडभन्दा बढीको विद्यालय भवन निर्माण हुँदै

    1531   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा  एक करोडभन्दा बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर स्किमको आर्थिक सहयोगमा एक करोड दुई लाख ७१ हजार ५१९ रूपैयाँ लगानीमा भवन निर्माण भएको हो ।

भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको ९१ लाख ५२ हजार ५२१ र समुदायको ११ लाख १८ हजार ९९८ बराबरको जनश्रमदान लगानी भएकोे छ । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि राखेर पढाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

दुर्गम बस्तीमा पक्की भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनमा सहजता मिलेको छ । सो भवन निर्माणसँगै ९१ मिटर विद्यालय परिसरको खुला क्षेत्रलाई घेराबार पनि गरिएको छ ।

त्यस्तै, सोही योजनाअन्तर्गत नै विद्यालयलाई २५ थान बेन्च, ६ थान ह्वाइट बोर्ड र एउटा फोहोर जलाउने ठाउँसमेत निर्माण गरिएको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

यसैबीच, हालै एक कार्यक्रमबीच सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयरको एरिया अफिसर म्याग्दीका खेमबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबहादुर घर्तीलाई भवनको साँचो हस्तान्तरण गर्दै भवनको उपयोग र व्यवस्थापन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।