logo

न्यूनतम ज्याला सम्बन्धि सहमति मान्दैनौं : उद्योग सङ्गठन मोरङ

    1765   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– नेउवा महासङ्घले नेपाल सरकारसित श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गर्ने भनी सोमवार गरेको सहमतिप्रति उद्योग सङ्गठन मोरङले बिरोध गरेको छ ।

 उद्योग सङ्गठन मोरङको अध्यक्षमा पदभार ग्रहण गरेको एक साता पनि नबित्दै भीम घिमिरेले नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारसित गरेको निर्णयप्रति विद्रोह जनाएका हो ।

सङ्गठनको ४६औँ साधारण सभाबाट जेठ २७ गते अध्यक्षमा निर्वा्चित अध्यक्ष घिमिरेले असार २४ देखि पदभार ग्रहण गरेका हुन् ।

महासङ्घका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एकलौटि रूपमा गरेको सहमति हामीलाई मान्य छैन । यसप्रति हामी गम्भीर आपत्ति र असहमति प्रकट गर्दछौं  घिमिरेले बताए ।

न्यूनतम पारिश्रमिकको निर्णयका बारेमा महासङ्घलाई सङ्गठनका तर्फबाट लिखित रूपमै असहमति र आपत्ति जनाइसकेको जानकारी दिँदै घिमिरेले यो निर्णय कार्यान्वयनका लागि बाध्य बनाइएमा उद्योग–व्यवसाय र उद्यमशीलता नै धराशायी हुने जिकिर गरे ।
उनले आगामी साउन ७ गते भित्र मोरङ र सुनसरीका सम्पूर्ण उद्योगीको बृहत् भेला बोलाएर यो निर्णयको विरोध गर्ने जानकारी दिए ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार दुई वर्षयता १३ प्रतिशत महँगी वृद्धि भएको तर न्यूनतम पारिश्रमिक ३६ दशमलव ६६ प्रतिशतले बढाउने सम्झौता गरिएको दाबी गर्दै उनले यसप्रति आफ्नो विरोध रहेको उल्लेख गरे ।

घिमिरेले थपे, ‘न्यूनतम पारिश्रमिकको २० प्रतिशत सामाजिक सुरक्षा भत्ता, विदाको रकम, दशैँ खर्च लगायतका खर्च जोड्दा ३६ होइन ५० प्रतिशत वृद्धि पुग्छ।’

मुलुकमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने उद्योग मोरङ र सुनसरी अनि वारा र पर्सामा उद्यमीलाई न्यूनतम ज्याला निर्धारण गर्दा प्रतिनिधित्व सम्म नगराइनु घोर आपत्तिजनक भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।