logo

महानगरद्धारा साझालाई डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न ५ करोड

    2363   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलबार काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्दैछ । यो रकम साझामा महानगरले सेयरका रुपमा लगानी गर्न लागेको हो ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच महानगरपालिकाले साझालाई चेक हस्तान्तरण गर्नेछ । महानगरले प्रदान गर्ने रकमबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बस पनि ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले(ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको छ ।
आज महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने छ । एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

साझा यातायातले अब किन्ने डिलक्स बसलाई अन्तर नगर यातायातका रुपमा सञ्चालन गर्नेछ । काठमाडौं महानगरबाट अन्तर महानगर र उपहमहानगर  स्तरीय यातायातका रुपमा साझाका सुविधा सम्पन्न बसहरु किन्न लागिएको हो ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।