logo

ठेकदार कम्पनी सीएमसी मेलम्ची खानेपानी आयोजनाको काममा फर्किने जानकारी, खानेपानी मन्त्रालय विश्वस्त हुन सकेन

    1331   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार  - मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारी सहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो । मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ ।

उसले काममा फर्किन्छु भनेर पत्र नदिएको र अब यसैका अधारमा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय खानेपानी मन्त्रालयले नै गर्ने आयोजना स्रोतले बतायो । सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेको थियो । तर, उच्च अदालत पाटनले सरकारको त्यो निर्णय खारेज गर्दै दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । तर, यो मुद्दामाथिको बहस फेरि आगामी शुक्रबारलाई सारिएको छ । अब यहीबीचमा सीएमसीले पनि ‘लेटर अफ टर्मिनेसन’ फिर्ता लिँदै काममा फर्किने जानकारी दिएको हो ।

इटालियन कम्पनी सीएमसीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको टोली र नेपाल सरकारको तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठलगायतको टोलीले बहस गर्दै आएका छन् । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा र्पुयाएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो । पत्र बुझाउनुभन्दा अघिल्लो दिनमा नै विदेश उड्न लागेका ठेकेदार कम्पनीका प्रतिनिधिलाई दरबारमार्ग प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएर सरकारलाई बुझाएको थियो ।

उनीहरुको पासपोर्टसमेत जफत गरेर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई प्रहरीले जिम्मा लगाएको थियो । तर, दूतावासको एउटा पत्रपछि सीएमसीका प्रतिनिधिहरु छुटेका छन् । मन्त्रालय स्रोतका अनुसार, दूतावासले खानेपानी मन्त्रालयलाई पत्र लेखेर सीएमसीका कामदारहरुलाई अंग्रेजी नयाँ वर्षपछि फर्काउने बताएको छ । सोही लिखित वचनको आधारमा मन्त्रालयले कामदारहरुको राहदानीसमेत फिर्ता दिएको छ ।

दूतावासले सीएमसीका कामदारलाई नयाँ वर्षपछि नेपाल फर्काउने पत्र र सीएमसी स्वयंले पनि काम सुरु गर्ने बाचा गरे पनि खानेपानी मन्त्रालय भने पूर्णविश्वस्त हुन सकेको छैन । सीएमसीको पछिल्लोपटक थपिएको म्याद यही डिसेम्बर महिनामा सकिँदैछ । अब ठेक्काको म्याद सकिन ८ दिनमात्र बाँकी छ । यो ८ दिनभित्र नवीकरण नभए धरौटी रकम जफत गर्न कानुनी अड्चन पर्छ । यसबारे अदालतमा पनि कानुनी लडाइँ जारी छ । पाटन उच्च अदालतले मेलम्ची मुद्दाको अर्को सुनुवाई आगामी शुक्रबारलाई तोकेको अवस्था छ ।

यसअघि मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा मेलम्चीको ठेकेदारका प्रतिनिधिहरुले आफूहरुको कम्पनी सीएमसी टाट पल्टिएको भन्दै कम्पनीबाट थप रकम अब नआउने, तर नेपाल सरकारले दिनुपर्ने रकम दिएमा काम सम्पन्न गर्ने बताएका थिए । यो विवादपछि आगामी वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनासहित काम गरिरहेको सरकारलाई सीएमसीमा उत्पन्न समस्याले चुनौती थपिएको छ ।

यसैवीच ठेकदार कम्पनीका मानिसहरुलाई गिरफ्तार गरिएकोमा सरकारले कच्चा खेल खेलेको बताउनेहरु पनि छन् । खानेपानी मन्त्रालयका सचिवले म्याद थपका लागि कमिसन मागेको र काम सक्ने बेलामा कम्पनीलाई दुःख दिएको चर्चा पनि यसवीचमा चलेको छ । खानेपानी सचिव र कार्यकारी निर्देशकले मेलम्ची आयोजनालाई अल्मल्याउन खोजेको आरोप लागेको छ । साथै खानेपानी मन्त्री वीना मगर पनि सचिवको योजनामा चलेकाले मेलम्ची आयोजना संंकटमा परेको कतिपय विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।