logo

सरकारले खर्च नगर्दा ढुकुटीमा १६४ अर्ब थुप्रियो, अर्थमन्त्री डा. खतिवडाको भनाइ र गराइ फरक 

    1619   पटक पढिएको

२६ मंसिर /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ र गराइ बिरोधावासपूर्ण देखिएको छ । सार्बजनिक कार्यक्रमहरुमा खतिवडा आफू राजश्व उठाएर नाक फुलाउनेभन्दा पनि खर्च गरेर खुसी हुने अर्थमन्त्री भएको बताउँछन् । तर नतिजा भने ठिक उल्टो देखिएको छ । 

सरकारले खर्च नगर्दा ढुकुटीमा १६४ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । अहिले सरकारले आन्तरिक ऋण उठाएको छैन । सरकारका विकासे निकायहरुले खर्च नगर्दा राजश्व जम्मा भएको रकम कोषमा थुप्रिएको हो सोमबारसम्मको तथ्यांक अनुसार सरकारले बाणिज्य बैकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न स्थानीय निकायको ४५ अर्ब रुपैयाँ दिइसकेको छ । सरकारले चालु आर्थिक बर्ष लागे यता २८७ अर्ब ७० करोड राजश्व संकलन गरेको छ । गैर कर राजश्व पनि २४ करोड २९ लाख रुपैयाँ उठाएको छ । खर्च नभएपछि रकम थुप्रिएको छ । ‘बैंकिङ प्रणालीमा भने लगानी योग्य पूँजी उपलब्ध हुन छाडेको छ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ’सरकारले खर्च नगर्ने हो भने तरलता अभाव चर्किने छ।’

सरकारले यस अवधिमा जम्मा ३० अर्ब ४१ करोड रुपैयाँ मात्र विकास खर्च गर्न सकेको छ । सरकारले विकास खर्च नगर्दा बैंकिङ तरलता अभाव चर्किएको छ । बैकहरुले तरलता अभावसँग जुध्न निक्षेपको ब्याज दर निरन्तर बढाउन थालेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।