logo

१०८ वटा मालपोत र नापी कार्यालयमा अनलाइन सेवाबाट काम शुरु गरिने

    1909   पटक पढिएको

१९ जेठ /अर्थ र व्यापार - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अर्यालले देशभरिका १०८ वटा मालपोत र नापी कार्यालयमा चालु आर्थिक वर्षभित्रै अनलाइन सेवाबाट काम शुरु गरिने बताएकी छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुशासनका निम्ति सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन उक्त सेवा शुरु गर्न लागेको जानकारी दिइन् । कृषियोग्य जमीन बाँझो राखेर समृद्धिको लक्ष्य हासिल पूरा गर्न नसकिने बताउँदै जग्गाको उपयुक्तताको आधारमा वर्गीकरण गरेर सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले मुख्य स्रोतको रुपमा रहेको भूमिलाई व्यवस्थापन गर्न सरकारले कामको शुरुवात गरिरहेको जानकारी दिँदै कृषियोग्य जग्गालाई अधिकतम सदुपयोग गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारले भूमिसम्बन्धी कानून निर्माण गर्ने क्रममा रहेको बताउँदै एक वर्षभित्र स्थानीय तहलाई भूउपयोग नक्सा हस्तान्तरण गरिने जानकारी दिइन् । मन्त्री अर्यालले जमीनको अवस्था के छ रु  कुन जमीन के को लागि उपयुक्त हो भनी वर्गीकरणअनुसार उपयोग गर्ने विषय ऐनमा समेटिएको जानकारी दिइन् ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।