logo

मलेसियाको संसदमा नेपाली कामदारको मुद्दा, मन्त्रिपरिषदको बैठकबाट समाधान खोजिने 

    1371   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार– मलेसियाको संसदमा मलेसियामा काम गर्न चाहने नेपाली कामदारहरुको समस्याको बिषयमा छलफल भएको छ । नेपालले कामदार पठाउन रोक लगाउने निर्णयमाथि मलेसियाको संसदमा छलफल भएको हो । 

आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने मलेसियाका मानव संशाधनमन्त्री एम कुलशेगरनले बताएका छन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने निर्णय लिने समेत बताएका छन् ।  
मलेसियाको अघिल्लो सरकारले नेपाल लगायतका १५ मुलुकमा बायोमेट्रिक लगायतका विभिन्न प्रावधान लगाएको थियो । भिएलएन नेपाल, माइग्राम, ओएससी, बायोमेट्रिक लगायतका कम्पनीमार्फत मलेसिया जाने प्रति कामदार १७ हजार रुपैयाँ गैरकानुनी रुपमा संकलन गर्दै आएको थियो । 

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले यी सबै संस्था खारेज गरेका हुन् । चार वर्षको अवधिमा पाँच अर्ब रुपैयाँ भन्दा बढी रकम यी संस्थाले नेपाली कामदारहरुबाट उठाए । ती कम्पनीका संचालकलाई प्रहरीले पक्राउ गरेपनि अदालतको आदेशबाट सामान्य धरौटी राखेर रिहा भएका छन् । 

सबैभन्दा धेरै भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको छ । त्यसपछि माइग्राम, जिएसजी, आइसिएस, वायो म्याट्रिक स्वास्थ्य परिक्षण गराउने संस्थाहरुले दुई अर्ब ५० करोड रुपैयाँ गैरकानुनी रुपमा संकलन गरेका छन् ।

मन्त्री कुलसेगरनका अनुसार २०१८ जुन महिना सम्म कुल १७ लाख ४७ हजार १५४ जना विदेशी कामदार मध्ये तीन लाख ७८ हजार ५७७ जना नेपाली रहेको जानकारी दिए । उनले केही दिनअघि नेपाल सरकारसँग सम्झौंता गरेर कामदार ल्याउने जानकारी दिएका थिए ।      

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।