logo

मलेसिया रिटर्नी समाजका युवाहरुको सामूहिक लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने

    1344   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगारी गरिरहेकाहरुको संयुक्त लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ । मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने निधो गरेका हुन् ।

समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ । युवाहरुले मलेसियाबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् । यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।

नेपालमा विदेशबाट फर्किएका युवा संस्थामार्फत संगठित भएर ठूलो स्केलमा लगानी जुटाउन खोजेको यो नै पहिलोपटक हो । यसअघि कोरियाबाट फर्किएका केही युवाले पनि यस्तो प्रयास गरेका थिए । तर, मलेसिया रिटर्नी समाजले अरु सदस्य पनि थप्ने गरी अम मलेसियामा रहेका नेपालीको परिवार र त्यहाँबाट फर्किएका कामदारलाई लगानीका क्षेत्रमा समेट्न खोजेको छ ।

यो संस्थाका पहलमा हालै काठमाडौंमा मलेसियाबाट फर्किएका युवाले नयाँ रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सिंहदरबारको पूर्वी गेटमा सञ्चालनमा आएको सहयात्रा रेस्टुरेन्टपछि युवाहरु सार्वजनिक यातायातको व्यवसायमा संलग्न हुन खोजेका हुन् ।
पछिल्लो सयममा मलेसियाको रोजगारी बन्द छ । मलेसियामा रोजगारी बन्द भएपछि कतिपय युवा त्यहाँ जान छट्पपटाइरहेका छन् । तर, त्यहाँबाटै फर्किएका युवा भने देशभभित्रै केही गर्ने भनेर तम्सिएका हुन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।