logo

लुम्बिनीमा वल्र्ड बुद्धिस्ट एक्जिविसन पार्क निर्माण हुने

    996   पटक पढिएको

२० जेठ / अर्थ र व्यापार - लुम्बिनीमा वल्र्ड वुद्धिस्ट एक्जिविसन पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको ३८औं वैठकले सिल्क इन्टरनेशनल होल्डिङ कम्पनीलाई एक्जिविसन पार्क अध्ययन गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको संयोजकत्वमा भएको बैठकले यो निर्णय गरेको हो। बैठकले फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीलाई वीरगंज र भैरहवामा ६ अर्ब ५१ करोड लागतमा प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फेसिलिटीज निर्माणको सम्भाब्यता अध्ययनको अनुमति दिएको छ ।

बैठकले फिलिपिन्सको एमरएस ग्रिनजरी सोलुसनलाई सातै वटा प्रदेशमा ४८ अर्ब २४ करोड लागतमा ५ सय ५० मेगावाट सौर्य उर्जा परियोजनाको सम्भाब्यता अध्ययनको अनुमति दिएको छ । बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५को प्रभावकारी कार्यान्वयनको लागि मस्यौंदा गरिएको सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७६को मस्यौंदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय समेत गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।