logo

समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी

    1577   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सरकारले कर्मचारी समायोजन प्रक्रिया सुरु गर्न सार्वजनिक सूचना आह्वानको तयारी गरेको छ । समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय दिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको हो ।  सम्भवतः बुधवार नै सूचना प्रकाशित हुनेछ ।

कर्मचारी समायोजन अध्यादेश अनुसार सरकारले सूचना प्रकाशित गर्न लागेको हो । सूचना प्रकाशन भएपछि कर्मचारीले इच्छ्याएको ठाउँमा जानका लागि निवेदन पेस गर्न सक्नेछन् । सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । जसमध्ये हालको समायोजन प्रक्रिया टुंगो लागेपछि अन्यको पदपूर्ति प्रक्रिया सुरु हुनेछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले समायोजन प्रक्रिया बुधबारदेखि नै सुरु गरिने बताए । पनेरुले दरबन्दी स्वीकृत लगायतका प्राविधिक काम सकिएकाले समायोजनको सूचना आह्वान हुने बताए ।

यसअघि मन्त्रालयले पुस ८ गतेसम्म निजामती कितावखानाको अद्यावधिक रेकर्ड अनुसार सबै कर्मचारीको ज्येष्ठता विवरण प्रकाशित गरिसकेको छ । मन्त्रालयले सामान्य प्रशासन, लेखा, राजस्व सबै समूहका कर्मचारीको विवरण प्रकाश गरेको हो । उक्त विवरण अनुसार कागजात पेस गर्न मन्त्रालयले कर्मचारीलाई निर्देशन दिइसकेको छ ।  यसैबीच कर्मचारी समायोजन अध्यादेश पनि आजै सङ्घीय संसद्का दुवै सदनमा पेस हुनेछ । संसद् अधिवेशन नभएको अवस्थामा जारी भएको अध्यादेश अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।