logo

सूचना प्रविधिको माध्यमबाट वित्त खर्च प्रणालीलाई  प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोगद्वारा सुझाव तयार

    1832   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - सार्वजनिक खर्च पुनरावलोकन आयोगले संघीयतामा सार्वजनिक खर्च प्रणालीलाई बलियो बनाउने सुझाव दिएको छ । आन्तरिक लेखापरीक्षण, आन्तरिक नियन्त्रण र सूचना प्रविधिको माध्यमबाट वित्त खर्च प्रणालीलाई  प्रभावकारी बनाउन सुझाव तयार गरिएको हो । 
सरकारले भदौमा गठन गरेको आयोगले सरकारसमक्ष प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ । सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन र वित्तीय उत्तरदायित्व कायम गर्न बलियो रिपोर्टिङ प्रणाली विकास गर्नुपर्ने सुझाव समितिले तयार गरेको छ ।

वित्तीय संघीयताको कार्यान्वयनसँगै तीनै तहबाट पैसा खर्च भइरहने तर त्यसको उत्तरदायित्व र जवाफदेहिताको पाटो भने कमजोर रहने अवस्था देखिएकाले त्यसैमाथि नियन्त्रणको सुझाव आयोगले तयार गरेको हो । आयोगका एक सदस्यका अनुसार तल्ला दुई तहमा धेरै बजेट गए पनि त्यो राष्ट्रिय खर्च प्रणालीसँग आवद्ध नहुँदा वित्तीय जोखिमको अवस्था सिर्जना हुन सक्ने भएकाले त्यसैमाथि नियन्त्रणका लागि सुझाव दिइएको हो ।

सरकारले सार्वजनिक खर्चको अवस्था, त्यसको उपयोगिता र त्यससँग सम्बन्धित नीतिगत व्यवस्थामा पुनरावलोकनका लागि सरकारले सुझाव दिन आयोग गठन गरेको हो । नेपाल सरकारको साधारण र पुँजीगत खर्चलाई व्यवस्थित र नियमित तथा आयोजना छनौटदेखि कार्यान्वयन तहसम्मको सुझाव दिन सरकारले आयोग बनाएको थियो । आयोगले संघीय सरकारमार्फत कार्यान्वयन हुने विकास आयोजना तथा संघीय, प्रदेश तथा स्थानीय तहले गर्नुपर्ने खर्चका क्षेत्रबारे पनि सरकारलाई सुझाव तय गर्नेछ । सरकारको खर्च प्रणाली कमजोर भइरहेको र भएको खर्च पनि प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।