logo

ललितपुर महानरगपालिकाद्वारा गुणस्तरियता कायम गर्नका लागि कालोपत्रे (पीच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय

    1334   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार - ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ । महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरियता कायम गर्नका लागि कालोपत्रे (पीच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको  हो । 

महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा निर्माण हुने सडकमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौतामै मापदण्ड अनिवार्य गरिने बताए । उनले सडक निर्माण वा कालोपत्रे गर्दा त्यो गुणस्तरीय छ वा छैन भनी ल्याब टेष्टको रिपोर्ट समेत निर्माण कम्पनीले अनिवार्य रुपमा दिनुपर्ने बताए । 

त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किए के कारणले समस्या आएको हो त्यसको अध्ययन गरेर त्यही निर्माण कम्पनीबाट काम गराइने छ । यदि उसले नमाने बैंक ग्यारेण्टी जफत गरेर काम गरिने जानकारी दिए ।  ठेक्का नीतिमै डिफेक्ट लायविलिटी पिरियड (डिएलपी) १ बर्ष हुने भएकाले यसलाई प्रभावकारी रुपमा लागु गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन लागिएको महानगरपालिकाले जनाएको छ । 

अहिले नेपालमा एक लेयरमा २० एमएमदेखि ६० एमएमसम्मका सडक बनेका छन् । त्यसमा डिजाईन अनुसार दुई तीन लेयर पनि बनाउन सकिन्छ । १.५ इन्च भनेको करिव ४० एमएम हुन्छ । अब ललितपुरका भित्री सडकहरु पनि हालको भन्दा दोब्बर बाक्लो ( ४० एमएम) हुनेछ । जसको उदेश्य गुणस्तरीय सडक निर्माण गर्नु हो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।