logo

ब्रुमरबाट संकलित धुलोबाट महानगरले इँटा बनाउने 

    1655   पटक पढिएको


२६ मंसिर/अर्थ र व्यापार– काठमाडौं महानगरपालिकाले सडक सफाईका क्रममा ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ ।

कामपाले विगत दुई वर्षदेखि ब्रुमरको सहायताले महानगरको सडकको धुलो सफा गर्ने काम गरिरहेको छ । कामपाले हरेक दिन सात वटा ब्रुमरको सहायताले सडक सफा गर्ने काम गरिरहेको छ ।

हालसम्म ब्रुमरले संकलन गरेको करीब ६ हजार ५०० टन धुलो व्यवस्थापन गर्न महानगरपालिकालाई समस्या हुँदै आएको छ । हाल संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

संकलित धुलोको उचित व्यवस्थापनको लागि महानगरले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग छलफल गर्न थालेको  छ । 
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले इँटा बनाउने विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको जानकारी दिए ।विसं २०७५ फागुन २८ गते इटालीबाट रू. १० करोड ८० लाखमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ । सोही मार्गअनुरुप काम भइरहेको छ । 
महानगरसँग यसअघि रहेको एक ब्रुमर काम गर्न नमिल्ने अवस्थामा छ । महानगरपालिकाले सडक विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो ।
दैनिक १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार ओटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।