logo

पर्यटन विकासका लागी सरकारलाई दवाव दिन सभामुख महराको आग्रह

    1971   पटक पढिएको

१२ जेठ / अर्थ र व्यापार- प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले देशको विकासमा पर्यटन क्षेत्रको भुमिका महत्वपूर्ण भएकोले सभामुखको हैसियतले नेपालको पर्यटन क्षेत्रको विकासका लागी आफ्नो सम्पूर्ण सहयोग रहने वताए । गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको “आर्थिक सम्बृद्धिका लागी पर्यटन” विषयक कार्यक्रममा त्यसका लागी सरकारलाई आवश्यक दवाव दिन महराले निजी क्षेत्रलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको वताउँदै देश भित्रै आन्तरिक पर्यटनको विकास गर्नु आवश्यक रहेको वताए । “नेपालमा हिमाली र पहाडी क्षेत्रका जनतालाई तराईका पर्यटकिय गन्तव्यमा र तराईका जनतालाई पहाड र हिमालका पर्यटकिय गन्तव्यमा आकर्षित गर्न सके नेपालमा पर्यटन क्षेत्रको विकास हुन्छ”–निधिले भने ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायि कमिटि सदस्य मुकुन्द न्यौपानेले नेपालमा पर्यटन क्षेत्रको विकासका लागी सरकारले पूर्वाधार निर्माण गरिदिनुपर्ने वताउँदै निजि क्षेत्रले दिने सेवा सुधार गर्नुपर्ने वताए । उनले विश्व पर्यटन बजारमा अन्य देशहरुले तीव्र विकास गरिरहेकोले नेपालले पनि हाम्रा पर्यटकिय गन्तव्यहरुको प्रचार–प्रसार गर्दै सेवा सुधार गर्न सके पर्यटन क्षेत्रको भविष्य उज्वल रहेको वताए । 

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत, रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋृषि धमला, टुरिजम म्यान अफ दि ईयर अवार्डका संयोजक रामशरण थपलिया,नेपाल योग एशोशियसनका महासचिव तथा लेखक राजन सिम्खडा,गाउँ पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागी सरकारले विशेष पहल गर्नुपर्ने वताए । कार्यक्रममा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपाल ग्रुपले पत्रकारिताका साथै पर्यटन क्षेत्रको विकासका लागी विभिन्न प्रवद्र्धनात्मक कामहरु गरिरहेको वताए ।

कार्यक्रममा गन्तव्य नेपाल ग्रुपले प्रदान गर्ने टुरिजम म्यान अफ दि ईयर अवार्ड–२०१८ “बुद्ध वाज बर्न ईन नेपाल” अभियान मार्फत गिनिज बुकमा नाम लेखाउन पहल गरेबापत प्रतिष्ठा अमात्यलाई प्रदान गरिएको छ । नेपाली चुल्हो तथा नर्थफिल्ड होटलकी कार्यकारी निर्देशक अमात्य पर्यटन व्यवसायका साथै अन्य विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन । त्यसैगरी योङ्ग टुरिजम पर्सनालिटी अवार्ड–२०१८ बाट युवा समाजसेवी तथा होटल प्लेजर होमका प्रबन्ध निर्देशक दामोदर ढकाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा “पर्यटन नै भविष्य” नामक पर्यटन जनजागरण सांगितिक एल्वम पनि सार्वजनिक गरियो । गितमा शिव अधिकारीको शब्द,संगित राजन राज शिवाकोटी र स्वर सिवाकोटी र रानु निरौलाको रहेको छ । 

कार्यक्रममा खुम्वीला एडभेन्चर ट्राभल प्रा।लि प्रबन्ध निर्देशक जिम्वाजाम्वु शेर्पा, एक्सपिडिसन हिमालय डट कम प्रा।लि प्रबन्ध निर्देशक नविन त्रिताल, एडभेन्चर आउटडोर ट्रेक्स एक्स्पीडिसन प्रा।लि प्रवन्ध निर्देशक–प्रज्ञा शर्मा, डिके ट्राभल एण्ड टुर्स प्रा।लि प्रवन्ध निर्देशक दिपेन्द्र शर्मा घिमिरे,सतोरी एडभेन्चर प्रा।लि प्रबन्ध निर्देशक ऋषिराम भण्डारी, पर्यटक प्रहरी इकाईका प्रहरी निरिक्षक रुपा थापा, सोसाइटी फर प्रोटेक्सन अफ वोमेन एण्ड चिल्डे«नका अध्यक्ष राजेश चन्द्र रेग्मी,टुरिजम केयर नेपाल अध्यक्ष गंगा सागर पन्त र अंग्रेजी भाषाका टुर गाईड यज्ञ वहादुर कार्कीलाई सम्मान गरियो । त्यसैगरि गन्तव्य नेपालले पर्यटन व्यवसायिहरु दीपक महत, पम्फा धमला, केदार तामाङ, बर्कत उल्लाह,छिरिङ ढोन्डुप र रारा समाजका अध्यक्ष रामहरि अधिकारीलाई मायाकोचिनो प्रदान गरिएको थियो । त्यस्तै विश्व साईकल यात्री अनिश ढकाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकारहरु तिर्सना गिरि र कुमार चौलागाइंलाई दश हजार राशी सहितको गन्तव्य नेपाल पत्रकारिता पुरस्कार प्रदान गरियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।