logo

कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको निर्माण सम्पन्न हुँदै 

    1674   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ।

राष्ट्रिय गौरवको आयोजनाको उत्तर–दक्षिण करिडोरमा हालसम्म २२ ओटा पुल चाहिने देखिएकोमा अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा आएको छ ।

कोशी करिडोर, खाँदबारी–किमाथांका सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले मौसम र समयानुकूल भए चालू आवभित्रै सात ओटा पुल सम्पन्न गर्न सकिने बताए ।

योजनाका प्रमुख श्रेष्ठले करिडोरअन्तर्गत नै पाँच ओटा पुल डिजाइनको स्वीकृत क्रममा रहेको जानकारी दिए । उनले डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने बताए ।

डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । निर्माण सामग्रीको अभावका कारण डीपीआर गरेर पछि निर्माण गर्ने भन्ने बिषयमा पनि छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

जम्मा १६२ किमी लम्बाइको कोशी करिडोरको १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको बाँकी १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।

अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्नका लागि अर्थ मन्त्रालयले रू. दुई अर्ब ६० करोड स्वीकृत गरिसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।