logo

पर्यटकका लागि स्मार्टकार्ड लागू गर्ने ः खुम्बु पासाङल्हामु गापा

    1744   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ड लागू गर्न तयारी शुरू गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको छ । खुम्बु प्रवेश गरेका पर्यटक बेपत्ता हुने तथा सुरक्षामा चुनौती बढ्दै गएकाले पर्यटकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।

पर्यटक खुम्बुको प्रवेशद्वार लुक्लामा प्रवेशलगत्तै उनीहरुलाई स्मार्ट कार्ड उपलब्ध गराउने र त्यो कार्ड बोक्ने पर्यटक कहाँ जाँदैछ भन्ने जानकारी लिइनेछ । स्मार्ट कार्डका लागि टेण्डर आह्वान गरी सकेसम्म आगामी आरोहणको मौसमभन्दा अघि परीक्षणका रुपमा भएपनि लागू गर्ने छ । वर्षमा औषत ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने खुम्बुमा वर्षेनी तीनरचार जना पर्यटक हराउने गरेको प्रहरीको तथ्याँक छ ।

यस्तै, उचाइमा हुने विभिन्न स्वास्थ्य समस्याका कारण आपत्कालीन उद्धार गर्नुपर्ने पर्यटकको संख्या समेत थुप्रै हुने गरेको छ । स्मार्टकार्ड लागू भएपछि आपत्कालीन अवस्थामा उद्धार चाँडो हुने र पर्यटकले सुरक्षित महसुस गर्ने छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।