logo

काठमाडौं न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काइने, उस्तै स्वरुपको नयाँ भवन बनाउने तयारी

    2746   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार - काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको उक्त भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने काठमाडौं महानगरपालिकाको तयारी छ । भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकाले त्यसलाई भत्काएर नयाँ बनाउने तयारी थालिएको महानगरपालिकाको भौतिक पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले  जानकारी दिए ।

अहिलेको भत्काएर नयाँ भवन बनाउनका लागि महानगरपालिकाले १० करोड बजेट छुट्याएको छ । जुद्ध बारुण यन्त्र कार्यालय स्रोतका अनुसार उक्त ऐतिहासिक भवन भत्काइ हाल्नुपर्ने अवस्था भने छैन । तर, महानगरपालिका भने अहिलेकोलाई भत्काएर नयाँ बनाउने भनिएको भवनको नक्सा बनाउन कम्मर कसेर लागिसकेको छ ।

जुद्ध बारुण यन्त्र काठमाडौंको कार्यालयमा ३४ जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै ३० जना कर्मचारी अहिले पनि नियमितरुपमा सोही भवनको माथिल्लो तलमा बस्दै आएका छन् । माथिल्लो तलामा हाल १० वटा कोठा छन् । ती कोठा कर्मचारीको बसोबाससँगै उपकरण स्टोर, लत्ताकपडा, विभिन्न सामग्री राख्न प्रयोग भइरहेको छ । २ रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडलको दुई दमकल संग्रहित गरेर राखिएको छ । तल्लो तलामा पाँचवटा दमकल तयारी अवस्थामा राखिन्छन् । तीमध्ये एउटा अहिले मर्मतको क्रममा छ ।

सम्पदा क्षेत्रमा पर्ने र उक्त भवनसमेत ऐतिहासिक भएकाले पुरातत्व विभागबाट अनुमति लिएर मात्रै काम सुरु गर्ने महानगरपालिकाका अधिकारी बताउँछन् । नयाँ भवन विद्यमान शैलीकै बनाउने तयारी रहेको विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । भवनको दोस्रो तलामा कर्मचारीको आवास र स्टोर तथा तेस्रो तलामा १२० जना अट्ने सभाहल बनाउने योजना छ ।
उक्त सभाहलमा कर्मचारीलाई तालिम, सेमिनार जस्ता क्रियाकलापमा सहभागी गराउने पूर्वाधार विभाग प्रमुख थापा बताउँछन् । पुरातत्वले अनुमति दिनेवित्तिकै भत्काउनु काम शुरु गर्ने महानगरपालिकाको तयारी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।