logo

जयनगर–कुर्था रेल सेवा माघबाट सञ्चालनमा आउने

    1833   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– आगामी माघबाट जयनगर–कुर्था रेल सेवा सञ्चालनमा आउने भएको छ । 

रेल विभागले करिब ३ महिनाअघि नेपाल ल्याएको रेल अब रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट सञ्चालनमा ल्याउन लागिएको हो । 

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयार भएपछि रेल चलाउने तयारी भएको रेल्वे विभागले जनाएको छ ।

जयनगर कुर्था रेलमार्गमा रेल चलाउनका लागि गत असोजमा रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल ल्याएको हो ।

विभागले भारत सरकारको मातहतमा रहेको कोकन रेलवे कर्पोरेसनसँग भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा २ वटा रेल किनिएको हो ।

रेल चलाउनको लागि दक्ष जनशक्तिको अभाव हुनु, रेलमार्गको मर्मत र कर्मचारीलाई तालिम दिन बाँकी रहेका कारणले पनि रेल सञ्चालमा आउन सकेको थिएन् ।

रेल्वे कम्पनीले नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतबाट २६ जना कर्मचारी ल्याउन लागेको छ ।

हाल रेल्वे कम्पनीमा झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।