logo

विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सस्तो हुने, तिरेको भ्याट रकमको १० प्रतिशत उपभोक्ताको खल्तीमा जाने

    1663   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार - विद्युतीय प्रणालीबाट सामान खरिदको भुक्तानी गर्दा अब सस्तो पर्ने भएको छ । आन्तरिक राजस्व विभागले विद्युतीय प्रणालीबाट गरिने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ताको व्यवस्थाको कार्य्विधीलाई अन्तिम चरणमा पुर्याएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले कार्य्विधीको निर्माणको काम अन्तिम चरणमा रहेको र केही दिनभित्रमा कार्यान्वयनमा आउने बताए । विभागले उपभोक्ताले तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि भुक्तानी सेवा प्रदायक कम्पनी तथा बैंक तथा वित्तीय संस्था र व्यवसायीसँग छलफल गरेको छ ।

यसको लागि उपभोक्ताले कारोबार गर्ने फर्म तथा कम्पनी विभागले तोकेको बिलिङ सिस्टममा जोडिएको हुनुपर्छ । उदाहरणको लागि कुनै व्यक्तिले एउटा पसले गएर १ लाख रुपैयाँको एउटा सामान खरिद गर्यो । त्यसको भुक्तानी विद्युतीय प्रणालीबाट गर्यो भने । उसले तिरेको १३ हजार रुपैयाँ भ्याटमा उसले १३ सय रुपैयाँ फिर्ता पाउने छ ।

तत्कालै क्यास ब्याकजस्तो उसको खातामा फिर्ता जाने प्रणालीको विकास विभागले गर्न लागेको छ । विभागका महानिर्देशक कुँवर उपभोक्तालाई सिधै भ्याट फिर्ता दिने व्यवस्थाले नगद रहित कारोबारको व्यवस्थालाई बढाउने बताउँछन् ।

‘उपभोक्तालाई क्यासलेस कारोबार गर्नको लागि प्रोत्साहन मिल्छ भने भ्याट बिल र भ्याटको आकार बढ्ने हाम्रो अनुमान छ,’कुँवरले भने । उपभोक्ताले तिरेको १० प्रतिशत क्यासब्याक फिर्ता आएपछि कम मूल्यमा सामान समेत प्राप्त गर्न सक्छन् । महानिर्देशक कुँवर भ्याटको सहभागिता बढाउने अपेक्षा योजनापछि लिएको बताउँछन् ।

‘भ्याटको बारेमा जनतालाई बढी जानकारी यसले हुने हाम्रो अपेक्षा छ,जसले गर्दा सहभागिता अझै बढाउन सकिन्छ,’उनले भने । विभागले भ्याट फिर्ता दिने विषयमा आफ्नो प्रणालीको समेत विकास गरेको छ । जुन व्यवसायिक फर्महरु जोडिनुपर्ने हुन्छ । जसले गर्दा जुन व्यक्तिको खाताबाट क्यासलेस कारोबार भएको छ उसको खातामा नै प्रणालीले नै तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता जाने व्यवस्था मिलेको हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।