logo

पछिल्लो ३ वर्षमा जीवन बीमाको दायरा ४ प्रतिशले बढेर १४ प्रतिशतमा पुग्यो

    1779   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - बीमाको क्षेत्र र दायरा बढाउने सरकारी नीतिले जीवन बीमाको क्षेत्रमा उल्लेख्य प्रगति देखिएको छ । बीमा समितिको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा जीवन बीमाको दायरा ४ प्रतिशले बढेर १४ प्रतिशतमा पुगेको हो । समितिका अनुसार आर्थिक वर्ष २०७२र७३ मा १० प्रतिशत रहेको कभरेज गत आर्थिक वर्ष २०७४र७५ सम्ममा ४ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको हो । यो बैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेकको तथ्यांक हो ।

बीमालेखको दोहोरो गणना (डुप्लीकेशन) हुनसक्ने भएकोले कुल बीमालेखको ५ प्रतिशत बीमालेख पनि घटाएको छ । केन्द्रिय तथ्यांक बिभागले सन २०१७ सम्ममा प्रक्षेपण गरिएको ३ करोड १८ लाख ८८ हजार १०४ जनसंख्यालाई आधार मानेर समितिले जीवन बीमा कभरेजको तथ्यांक निकालेको हो ।
यस अवधिमा जारी बीमालेखको संख्यामा उलेख्य बृद्धि समेत भएको छ । आर्थिक वर्ष २०७२र७३ को तुलनामा गत आर्थिक वर्ष जारी गरिएको बीमालेख ४०.४८ प्रतिशतले बढी हो । ३० लाख ८७ हजार जारी बीमालेख रहेकोमा यो संख्या ४३ लाख ४३ हजार पुगेको हो । आर्थिक वर्ष २०७३र७४ मा ३३ लाख ८९ हजार बीमालेख जारी भएको थियो ।

गत वर्षमा कूल ४९ लाख ९१ हजार ६१९ जीवन बीमालेख जारी भएको थियो । बैदेशिक रोजगार म्यादी जीवन बीमालेख सहित १६ प्रतिशत जीवन बीमाको कभरेज पुगेको समितिले जनाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरूले ६ लाख ४९ हजार ८४ वैदेशिक रोजगार बीमालेख जारी गरेका छन । यो कम्पनीहरूले जारी गरेका कुल बीमालेख मध्ये म्यादी बीमाको हिस्सा करिब १२.९८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७२र७३ मा ९ लाख ३३ हजार ८७१ वटा र आर्थिक वर्ष २०७३र७४ मा ६ लाख ४४ हजार १०३ म्यादी बीमालेख जारी भएको समितिको तथ्यांक छ । गत वर्ष नयाँ बीमा कम्पनीहरुको आगमन र शाखा विस्तारले तिब्रता पाएपछि जीवन बीमाक्षेत्रको दायर विस्तार भएको समितिको दाबी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।