logo

सम्पर्कविहिन २९ हजार ४ सय ४७ करदाताको विवरण सार्वजनिक 

    1683   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर बर्षौदेखी कर विवरण नबुझाएका करदाताको विवरण सार्वजनिक गरेको छ । 

राजस्व विभागले २९ हजार ४ सय ४७ करदाताहरुलाई कर विवरण बुझाउन आग्रह गर्दै विवरण सार्वजनिक गरेको हो ।

विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले भ्याटमा दर्ता भएर कर छली गर्ने नियतले नयाँ कम्पनीबाट कारोबार गरेर नगरेको अध्ययन गर्ने भन्दै त्यस्तो गरेको भेटिएमा राजस्व छलीमा कारवाही गरिने बताए । 

उपमहानिर्देशक पाण्डेले लामो समयदेखी कर विवरण नबुझाएका करदातालाई आर्थिक ऐनले दिएको सुविधा प्रयोग गरी करमा छुट दिइएको बताए । 

कोभिड संक्रमणअघि नियमित कर विवरण बुझाईरहका कम्पनीहरुले पनि नियमित कर बुझाउन आउन छोडेको विभागको भनाई छ ।

भ्याटमा दर्ता भएका कम्पनीहरु सम्पर्कमा आउन छोडेपछि सरकारले चालु वर्षको बजेटबाट ५० प्रतिशत सम्म कर छुटको नीति ल्याएको थियो । 

उपमहानिर्देशक पाण्डेका अनुसार फागुन मसान्त सम्ममा यी करदाताले विवरण पेश गरेमा हाल सम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुनेछ भने जरिवाना पनि लाग्ने छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।