logo

उद्योगमन्त्रीले व्यवसायीलाई भने -“प्याज रोप्नुहोस्”

    1559   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सबै क्षेत्रमा चोर प्रवृति रहेको आरोप लगाउँदै उद्योग व्यवसाय क्षेत्रमा समेत रहेको जिकिर गरेका छन्।

वीरगंजमा बुधबार आयोजित भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले भने, ‘चोरहरू जहाँ पनि हुन्छ, पश्चिमको केही चोरले व्यवसायीलाई किसानलाई ठगेका छन्, उनीहरुको लिस्ट तयार भइरहेको छ । चोरलाई छुट हुँदैन, तपाइँहरू पनि सच्चिनुस।’ उनले गुणस्तरीय सामान उत्पादन गरेर उपभोक्तासम्म र्पुयाउन आग्रह गर्दै गुणस्तरहीन उत्पादन गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिए।

उद्योग मन्त्री भट्टले वीरगंजका व्यवसायीलाई प्याज रोप्न सुझाव पनि दिए। उनले भारतले निकासी प्रतिबन्ध गरेपछि प्याजको भाउ आकासिएको र चीनबाट आयातित प्याजले पनि नेपालको बजारको मागलाई धान्न नसकेको भन्दै नेपालमा हरेक किसानले प्याज रोप्ने बेला आएको बताए।

‘सबै कुरा छाडेर अहिले प्याज रोप्ने बेला आएको छ, तपाईहरू पनि रोप्नुस् र किसानहरूलाई पनि अभिप्रेरित गर्नुस्,’ उनले सुझाव दिँदै भने,‘उत्पादित प्याजलाई बजार दिने र भारत निर्यात गर्ने वातावरण सरकारले बनाउँछ।’ उद्योग राज्यमन्त्री मोतीलाल दुगडले समस्या पोख्ने दिन गएको र अब सरकारले केही परिवर्तन महसुस गराउने दाबी गरे। ‘सम्मान कार्यक्रम तर पीडा नै पीडा पोखिएको छ,’ उनले भने, ’उद्योगी व्यवसायीले अब पीडा पोख्ने समय गयो।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।