logo

भ्रमण बर्षको मुखमा पर्यटन वोर्डका दुई कर्मचारीले दिए राजिनामा, भन्छन् - बोर्डमा वातावरण थिएन 

    1201   पटक पढिएको

३ पुष÷अर्थ र व्यापार - भ्रमण वर्ष २०२० सुरू हुनु एक महिनाअघि नेपाल पर्यटन बोर्डका मिडिया हेड र प्रवक्ताले पदबाट राजिनामा दिएका छन्।  स्थापनाकालदेखि प्रवक्ताका रूपमा काम गर्दै आएका वरिष्ठ निर्देशक आदित्य बराल र सूचना अधिकारी शरद प्रधानले गत मंसिरमा जागिर अवधि तीन वर्ष बाँकी छँदै बोर्डबाट राजिनामा दिएका हुन्। काम गर्ने वातावरण नभएका कारण राजिनामा दिएको बराल र प्रधानले बताएका छन्।

बोर्डमा भइरहेको राजनीतिक हस्तक्षेपका कारण राजिनामा दिन बाध्य भएको बरालले अर्थ र व्यापारलाई बताए । ’नेपाल पर्यटन बोर्डमा राजनीति हावी भयो,’ उनले भने, ’निजी क्षेत्र जस्तै गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिए पनि यहाँ राजनीति र कर्मचारीतन्त्रका कारण काम गर्ने वातावरण नै बिग्रियो।’ बोर्डका कर्मचारीहरूको व्यवहार र काम गर्ने शैलीमा प्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेप भएको कारण राजिनामा दिएको उनले बताए। 

’प्रभावकारी रूपमा द्रुत ढंगले नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने ठाउँमा यहाँ त पार्टीगत रूपमा व्यवहार हुन थाल्यो,’ उनले भने, ’निष्ठापूर्वक मुलुकको पर्यटन प्रवर्द्धन गर्नुपर्ने संस्थामा राजनीति हावी भएपछि कसरी काम गर्ने ?’ राजनीतिक र सरकारी हस्तक्षेपकै कारण हालका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले क्षमता अनुसारको काम गर्न नसकेको पनि उनको भनाइ छ । 

’यहाँ काम गर्ने वातावरण नै दूषित पाइयो। ज्यादै पोल्टिसाइज भयो। कांग्रेस र एमाले भनेर छुट्याउने गरिएको अवस्था भयो । पैसा भएर बिग्रिएको संस्था यही देखेँ मैले,’ उनले भने, ’रुलीङ पार्टी आए अनुसारको व्यवहार देखाउने र चाकडी गर्ने कुरा हावी भयो यो संस्थामा।’ काम, दायित्व र आफ्नो जिम्मेवारी वहनलाई लत्याएर पार्टीगत रूपमा प्रस्तुत हुने प्रवृत्ति कर्मचारीमा बढेपछि राजिनामा दिनुको विकल्प नदेखेको उनले बताए। ’आफूसँग भएको क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न बोर्डबाट राजिनामा दिएको हुँ। बोर्ड छाडे पनि आफ्नो सिर्जनशीलता र क्षमतालाई खिया लाग्न दिन्न,’ उनले भने।

वरिष्ठ निर्देशक पद सम्हालेका बरालले गत मंसिर ९ र  १६ वर्षदेखि करारमा मिडिया प्रमुख पद सम्हालेका शरद प्रधानले मंसिर १६ गते राजिनामा दिएका हुन्। राजिनामा दिएपछि दुवैजना एक्सेल ट्रिपमा गएका छन् । उक्त कम्पनीमा बराल कन्ट्री डाइरेक्टर र प्रधान संचार तथा बजार प्रमुख भएका छन् । बोर्डका अन्य कर्मचारी भने अन्तर्रा्ष्ट्रिय कम्पनीको राम्रो अफर आएपछि दुवैले राजिनामा दिएको र अनर्गल बोलेको दाबी गर्छन् । एक्सेल ट्रिप संसारका बिभिन्न मुलुकबाट घुमघामको गन्तव्यमा जान चाहने पर्यटकलाई सघाउने संस्था हो । उक्त संस्थासँग भ्रमण वर्षको लक्ष्यमा सघाउन पर्यटन बोर्डले पनि सम्झौता गरेको छ ।  

बोर्डमा करार सेवामा आबद्ध प्रधानले काम गर्ने वातावरण नभएको कारण बोर्डबाट राजिनामा दिएको बताएका छन्। काम गरे अनुसारको सेवासुविधा, अवसर र प्रोत्साहन लगायतका कुरामा कमी पाएपछि यसपटकको करार समय सकिनु अगावै राजिनामा दिएको उनले बताए। ’हामीले त यो संस्थामार्फत मुलुकको पर्यटन प्रवर्द्धनतर्फ ध्यान दिनुपर्ने हो। यही कुरालाई पालना गर्दै काम गरियो,’ उनले अर्थ र व्यापारसँग भने, ’तर पछिल्लो समय काम गरेअनुसार पाइने सेवासुविधा लगायत कुरामा बञ्चित गरिएको पाइयो।’ 

बोर्डले प्रधानको राजिनामा स्वीकृत गरिसकेको छ। निवृत्तिभरणस्वरूप उनलाई तीन महीनाको तलब दिने योजना रहेको बोर्ड स्रोतले बताएको छ। प्रधान भने बोर्डले दिन लागेको निवृत्तिभरण अस्वीकार गर्ने पक्षमा छन्। ’पर्यटन प्रवर्द्धनका लागि उहाँले १६ वर्षदेखि बोर्डमा आफ्नो योगदान  दिनुभयो,’ स्रोतले भन्यो, ’करारमै कार्यरत कार्यालय सहयोगीलाई बोर्डले निवृत्तिभरणस्वरूप सात लाख रुपैयाँ दिएको छ, तर उहाँलाई बोर्डले तीन महीनाको तलबमै टारेको छ।’  

बराल र प्रधानले पर्यटन प्रवर्द्धन लक्षित निजी संस्था एक्सेस ट्रिपमा आवद्ध हुनका लागि राजिनामा दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। ’उहाँहरूले नयाँ इनीसीएटीभ काम सुरू गर्नुभएको छ। त्यसकै लागि छाड्नु भएको हो,’ उनले अर्थ र व्यापारसँग भने, ’यता काम गर्ने वातावरण बिग्रिएको भए शायद धेरैले छोड्नुहुन्थ्यो नी।’ बोर्डमा राजनैतिक हस्तक्षेप नरहेको दाबी जोशीले गरे। ’यो एउटा स्वायत्त निकाय हो। यहाँ निजी क्षेत्रको नेतृत्वको भुमिका हुन्छ,’ उनले भने, ’बोर्ड छाड्दा बाहिर उहाँहरूले भन्नुभएको कुरामा सत्यता छैन।’  

प्रमुख कार्यकारी अधिकृत जोशीको कार्यकाल सरकारले थप गरेको छ। चालु महिना चार वर्षे पदावधि पुरा गरेका उनको आगामी चैतसम्म कार्यकाल थपिएको हो । उनको कार्यावधि सकिनै लाग्दा बोर्डले गत महिना इच्छुक र योग्य उम्मेदवारबाट दरखास्त माग गरेको थियो । प्रमुख कार्यकारी पदका लागि हालसम्म कुनै पनि आवेदन नआएको जोशीले बताए ।     
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।