logo

आयात घट्दाको असरः राजस्वको लक्ष्य भेटाउन मुस्किल, ८६ अर्ब रुपैयाँ अपुग

    1180   पटक पढिएको

९ पौष / अर्थ र व्यापार - आयात घट्दाको असर सरकारको राजस्वमा परेको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुनैपनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

मंसिर मसान्तसम्ममा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । मंसिर मसान्तसम्ममा ३ खर्ब १६ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

मंसिर मसान्तसम्ममा सरकारले लक्ष्य लिएको भन्दा ८६ अर्ब रुपैयाँ राजस्व संकलन कम भएको छ ।
महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्ने हो भने सरकारलाई आयात हुने वस्तुबाट प्राप्त हुने राजस्व लक्ष्यभन्दा निकै नै कम छ ।

सरकारले भन्सार राजस्व अन्तर्गत मंसिर मसान्तसम्ममा ९३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ६५ अर्ब ७ करोड रुपैयाँ मात्र संकलन भएको छ । भन्सारमा सरकारले आयात भएका वस्तुबाट ८२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ५७ अर्ब ८६ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

यस्तै मूल्य अभिबृद्धि कर (भ्याट)तर्फ सरकारले १ खर्ब ३२ अर्ब रुपैयाँको लक्ष्य लिएकोमा १ खर्ब ५ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । भ्याटमा आन्तरिकतर्फ लक्ष्य करिब पूरा भएको देखिए पनि आयात हुने वस्तुबाट उठ्नुपर्ने भ्याटको लक्ष्य पूरा भएको छैन । आन्तरिकतर्फ ४५ अर्बको लक्ष्य रहेकोमा ४३ अर्ब रुपैयाँ उठेको छ । तर आयातमा ८६ अर्ब ४८ करोड रुपैयाँको लक्ष्य राखेकोमा ६१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ ।

अन्तशुल्कतर्फ ९८ अर्ब ७३ करोड रुपैयाँ सरकारले लक्ष्य लिएकोमा ६९ अर्ब ४५ करोड मात्र संकलन भएको छ । जसमा आन्तरिकतर्फ ६२ अर्ब ७८ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा ४१ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

आयकरमा ६२ अर्ब ७३ करोड रुपैयाँ लक्ष्य राखेकोमा ५३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गैर करतर्फ ३४ अर्ब रुपैयाँको लक्ष्यमा २९ अर्ब रुपैयाँ मात्र उठेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।